घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

लाम्पाटामा कुटपिट गर्ने दोषीलाई कारबाही लागि चारवटा पालिका संयुक्त विज्ञप्ति

उमेश रोकाया
२०८३ जेष्ठ ६ | मध्यान्ह ०५:०२ बजे

बाजुरा , जेठ ६ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका -३ लाम्पाटा रानिसैन भ्रमण गर्ने क्रममा लाम्पाटा हुम्ली जिल्लाका केही व्यक्तिले आक्रमण गरेर घाइते भएकालाई नेपाल सरकारसँग दोषीहरूमाथि कडाभन्दा कडा कानुनी कारबाही सुरु गर्न कुण्डा क्षेत्रका चारवटा पालिकाको संयुक्त-बिज्ञप्ति निकालेर जोडदार माग गरेका छन ।

जेष्ठ ३ गते हिमाली गाउँकार्यपालिकाको टोली सहित कर्मचारी र हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौ भन्नेअभियानको टोलीमा धनगढी उपमहानगरपालिका नगर प्रमुख गोपाल हमाल सहित पत्रकारहरु रानीसैनको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जाने क्रममा बाजुरा जिल्ला हिमाली गाउँपालिका वडा नं ३ स्थित लाम्पाटामा प्रहरी चौकी स्थापनाको विषयलाई लिएर हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं २ थाली लगायत उक्त क्षेत्रका स्थानीय नागरिकहरु आएर एक्कासीआक्रमण गर्दा बाजुरा जिल्ला हिमाली गाउँपालिका वडा नं ३ बस्ने वडा सदस्य पेमा गारा गुरुङ, लक्ष्मी गुरुङ, मिन कुवर, प्रहरी सहायक हवल्दार महेश धामी र हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापा माथि गरिएको सांघातिक हमला तथा कुटपिटको घोर भत्र्सना तथा निन्दा व्यक्त गर्दै उक्त घटनाका घाइते क्रूर आक्रमण र कुटपिटको गरिएको हो । उक्त घटनामा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन । हामी नेपाल सरकारसँग दोषीहरूमाथि कडा भन्दा कडा कानुनी कारबाही सुरु गर्न पनि जोडदार माग गरेका छन ।

विगतमा हिमाली गाउँपालिकाको वडा नम्बर ३ र पूर्व बिच्छाया गाविस अन्तर्गत पर्ने लम्पाटा, च्याचौर र रानीसैनका नागरिकहरूले सोही क्षेत्रको उपयोग गर्दै आएका छन् । नेपाल सरकारको नापी विभागले २००१ मा फिल्ड प्रमाणीकरण सहित जारी गरेको नेपालको नक्साले नक्सा पाना नम्बर २९८१-०३ मा स्पष्ट रूपमा छुट्याएको छ । कि माथि शाक्य लग्न, डान्डलेप्च्य र ठोसा हुम्ला हुन् र तल बाजुरा हुन् । शाक्य लग्नभन्दा तल जेखुङखर्क, लेप्चेखर्क, मयोङखर्क, रानीखर्क, धौली खर्क, याचौर र लाम्पाटा बाजुरा अन्तर्गत पर्छन् भन्ने स्पष्ट कानुनी आधार हो ।

उपयोगको आधारमा स्वामित्व दाबी गर्ने स्थानीय नागरिकहरूमाथि गरिएको आक्रमण निन्दनीय छ । रानीसैन क्षेत्र र सीमावर्ती क्षेत्रका जनताको दाबी निराधार छ । सत्य, तथ्य र प्रमाणको आधारमा यो विवाद समाधान गर्न र थप घटनाहरू हुन नदिन हामी जिल्ला प्रशासन कार्यालय बाजुरा, जिल्ला समन्वय समिति कार्यालय बाजुरा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेश, गृह मन्त्रालय, नेपाल सरकार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ध्यानाकर्षण गराएका छन ।

यसबाट उत्पन्न हुन सक्ने कुनै पनि परिस्थितिको लागि सम्बन्धित पक्षहरू जवाफदेही हुनेछन् भनी हामी जानकारी गराउँछौं। उक्त घटनालाई कानुनी कार्वाही माग गर्ने हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल, स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकाया, जगन्नाथ गाउँपालिका अध्यक्ष काली बहादुर शाही र बुढिनन्दा नगरपालिका नगर प्रमुख जनक कुमार बोहरा संयुक्त विज्ञप्ति निकालेका छन ।

कमेन्टहरु