समाचार

अञ्जनी कुमार पोखरेललाई सशस्त्रको एआईजीमा बढुवा गर्न सिफारिस

नवलपुर टुडे
२०८३ जेष्ठ ६ | बिहान ०७:०२ बजे

काठमाडौँ । सशस्त्र प्रहरीका डीआईजी अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । मंगलबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेको पदमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको हो ।

एआईजी बढुवा समितिको अध्यक्ष प्रधानमन्त्रीको कार्यालयका सचिव र सदस्य गृह मन्त्रालयका सचिव हुन्छन् । आईजी सदस्य सचिव हुने कानुनी व्यवस्था छ । पोखरेल अहिले सशस्त्र प्रहरीको बागमती प्रदेश प्रमुख छन् ।

एआईजी बढुवा उपर चित्त नबुझेमा ७ दिनभित्र उजुरी गर्न सकिने बढुवा समितिले जनाएको छ ।

691794204_839718012057728_1740028573467409501_n

 

कमेन्टहरु