घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य
रानिसैन भ्रमण गएका घाइतेहरु उद्धार पर्खाइमा


बाजुरा , जेठ ५ । अपि सैपाल हिमालको ब्यसक्याप रानिसैन पर्यटकीय स्थल भ्रमणमा हिडेका बाजुराको हिमाली गाउँपालिका वडा नं. ३ लाम्पाटामा पुगेपछि एक्कासि हुम्लीको सयौं उपस्थितिमा भ्रमण गएका मान्छेलाई आक्रमण गरेपछि तीन जना घाइते भएका छन । घाइते हुने हिमाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापा, नरबहादुर गुरुङ र पेमा गुरुङ सहित तीन जनालाई सिकिस्त घाइते भएका हुन । घाइतेलाई गुम्बा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा उपचार भैरहेको पत्रकार सन्तोष प्रसाद जोशीले बताएका छ्न । घाइते उपचार नपाउदा गुम्बा गाउँमा छट्पटी गर्ने गरेका छन । घाइतेलाई हेलिकप्टरबाट उद्धार गर्न निकै अप्ठ्यारो भएको छ ।
अपि सैपाल हिमालको ब्यस क्याप रानिसैन भ्रमणमा गएका लाम्पाटामा हुम्ली जिल्ला केही व्यक्तिले हातहतियार सहित प्रयोग गरेर घाइते तीन जनालाई उद्धार गर्नका लागि जिल्ला प्रशासन कार्यालय देखि केन्द्रसम्म पहल गरिएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।
विगत लामो समयमा बाजुरा जिल्ला हिमाली गाउँपालिका -३ लाम्पाटा र चियाचौर ठाउँ बाजुराको सिमाना भित्र पर्ने क्षेत्रलाई हुम्ली बासी हाम्रो जिल्लाको नक्सा पर्छ भनेर दाबी गर्ने गरेका छन । हिमाली गाउँपालिका -३ गुम्बा गाउँबाट दुई घण्टा हिडेपछी लाम्पाटा पुगिन्छ ।
लाम्पाटा र चियाचौर बाजुरा जिल्ला नक्सा मात्र नभई जनजाति केही घर सहित जग्गा जमिन भोगचलन गर्दै आएका हिमाली गाउँपालिका -३ वडा अध्यक्ष मंगल बुढाले बताएका छन । हिमाली गाउँपालिका -३ लाम्पाटा, चियाचौर र रानिसैन बिषयलाई ध्यानाकर्षण जिल्ला प्रशासन कार्यालय र गृहमन्त्री कार्यालय पेश गरिएको वडा अध्यक्ष बुढाले बताएका छ्न ।
अपि सैपाल हिमालको ब्यस क्याप रानैसैन पर्यटकीय स्थल भ्रमणका लागि धनगढी उपमहानगरपालिका मेयर गोपी हमाल टिम र हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल सहित सामाजिक अभियान्ता, कर्मचारी र संचारकर्मी टोली मंगलबार गाउँपालिकाबाट रानिसैन हिडेका हुन् । सुदुरपश्चिम प्रदेशलाई हामी चिनाउन्छौ, अभियानमा लागेका धनगढी उपमहानगरपालिका मेयर गोपि हमाल सहित हिमाली गाउँपालिका टोली रानिसैन यात्रा गरेका हुन ।






















