अपराध, घटना, पर्यटन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

रानिसैन भ्रमणमा गएका हुम्लीले आक्रमण हुँदा तीन जना घाइते

उमेश रोकाया
२०८३ जेष्ठ ५ | मध्यान्ह ०२:०२ बजे

बाजुरा , जेठ ५ । बाजुरा जिल्ला हिमाली गाउँपालिका -३ लाम्पाटामा झडप हुँदा तीन जना घाइते भएका छन । अपि सैपाल हिमालको ब्यस क्याप रानिसैन भ्रमणमा गएका लाम्पाटा हुम्ली हातहतियार सहित प्रयोग गरेर आक्रमण गर्दा तीन जना सिकिस्त घाइते भएका हुन छ्न भने टोली गन्तव्य स्थानमा नपुगेर फर्किएको छ ।

सुदुरपश्चिम प्रदेश हामी चिनाउन्छौ भन्ने अभियान सहित धनगढी उपमहानगरपालिका मेयर गोपि हमला सहित हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल, उपाध्यक्ष राजकला सार्की, सामाजिक अभियानता सहित टोलि अपि सैपाल हिमालको ब्यास क्याम रानिसैन पर्यटकीय ठाउँ भ्रमणमा गएका टोली रानिसैन जाने बाटोमा पर्ने लाम्पाटा पुगेपछि हुम्ली जिल्लाका बासिन्दा सयौं संख्याहरु आएर बाजुराबाट गएका भ्रमण टोलीलाई हातहतियार गरेपछि तीन जना सिकिस्त घाइते भएका छन ।

धनगढी उपमहानगरपालिका मयर टोली सहित हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल, उपाध्यक्ष राजकला सार्की जनप्रतिनिधि, कर्मचारी, सामाजिक अभियान्ता टोली गन्तव्य स्थानमा नपुगी अहिले गुम्बा गाउँमा सुरक्षीत रूपमा बसेको वडा अध्यक्ष मंगल बुढाले बताएका छन । विगत लामो समयमा बाजुरा जिल्ला हिमाली गाउँपालिका -३ लाम्पाटा र चियाचौर ठाउँ बाजुराको सिमाना भित्र पर्ने क्षेत्रलाई हुम्ली बासी हाम्रो जिल्लाको नक्सा पर्छ भनेर दाबी गर्ने गरेका छन ।

अहिले हिमाली गाउँपालिका -३ गुम्बा गाउँबाट ३ घण्टा हिडेपछी लाम्पाटामा बाजुरा जिल्ला नक्सा मात्र नभई जनजाति ४/५ घर सहित जग्गा जमिन भोगचलन गर्दै आएको त्यहाँका स्थानीय पेम्बा गुरुङले बताएका छन । केहि महिना अगाडि हिमाली गाउँपालिका -३ का वडा सदस्य पेमा गारा गुरुङ लाई हुम्ली केही व्यक्तिले हातहतियार प्रयोग गरेर सिकिस्त बिरामी हुँदा हेलिकप्टरबाट काठमाडौ उपचार गर्न लगेको त्यहाँका स्थानीयले गुनासो गरेका छन ।

कमेन्टहरु