लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समूदायका विषयमा सकारात्मक कदम चाल्छु : मन्त्री वादी

नवलपुर टुडे


काठमाडौं, जेठ ४। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी र ब्लु डाइमण्ड सोसाइटी (नील हिरा समाज)का प्रतिनिधिहरुबीच भेटवार्ता भएको छ ।भेटका क्रममा नील हिरा समाज र लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको महासंघ नेपालसँग आबद्ध संस्थाहरूका प्रतिनिधिहरुले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय नामाकरण गर्ने नेपाल सरकारको ऐतिहासिक निर्णयप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।
समाजले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सवाललाई मन्त्रालयको कार्यक्षेत्रमा समावेश गरिएको निर्णयलाई महत्वपूर्ण र ऐतिहासिक उपलब्धिका रूपमा लिएको जनाएको छ।सो अवसरमा मन्त्री वादीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको हक, अधिकार, सम्मान र सामाजिक सुरक्षाका विषयमा मन्त्रालय संवेदनशील रहेको उल्लेख गर्दै आगामी दिनमा सम्बन्धित सरोकारवालासँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने बताइन् ।
भेटका लागि समूदायका तर्फबाट सांसद भूमिका श्रेष्ठ, नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकाल, लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको महासंघ नेपालकी सिम्रन शेरचन, अभियन्ताहरु पीटर राई, टीकाराम भुसाल, भक्ति शाह, पेजी लामा, सुदिप गौतमलगायत सहभागी थिए ।भेटका क्रममा उनीहरुले समूदायका व्यक्तिहरुका लागि नीतिगत र कानुनी जटिलताहरुका बारेमा अवगत गराएका थिए । न्यूज बैंक

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















