दुबई यूएई, धर्म–संस्कृति/रीतिथिति, पर्यटन, प्रदेश, प्रबास, मुख्य समाचार

भुजेल एकताको सन्देश : यूएईमा संस्कृति, पहिचान र संगठनलाई थप मजबुत बनाउँदै भव्य समारोह संपन्न 

कबिराज राजबंशी
२०८३ जेष्ठ ४ | मध्यान्ह १२:०२ बजे

FB IMG 1779049249994

प्रवास, दुवई यूएई|संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका भुजेल समुदायले आफ्नो भाषा, संस्कृति, पहिचान र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रवासी भुजेल समाज सेवा समिती युएईको १४ औं स्थापना दिवस, उभौली पर्व तथा सातौं अधिवेशन भव्य रूपमा सम्पन्न गरेका छन्। दुबईस्थित सिल्भर स्पुन रेष्टुरेन्टको सभा हलमा सम्पन्न कार्यक्रममा विभिन्न जातीय, सामाजिक तथा प्रवासी संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति सहित सभ्य र भव्य रूपमा सम्पन्न भएकाे छ।

FB IMG 1779049256497

नेपाल र यूएईको राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा दीप प्रज्वलनसहित औपचारिक उद्घाटन गरिएको थियो। स्थापना दिवसको अवसरमा समाजको लोगो अंकित केक काटेर सहभागीहरूले उत्सव मनाएका थिए। कार्यक्रममा नेपाली मौलिकता, सांस्कृतिक विविधता तथा सामुदायिक एकताको विशेष झल्को देख्न सकिन्थ्यो।

FB IMG 1779049283710

नेपाल आदिवासी जनजाती महासंघ युएईका अध्यक्ष भागिरथी कुमार भगत प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँले प्रवासमा रहेर पनि आफ्नो मौलिक संस्कृति र परम्परालाई जोगाइराख्न भुजेल समुदायले गरेको प्रयास प्रशंसनीय रहेको बताउनुभयो। “संख्या सानो भए पनि आफ्नो पहिचानलाई जगेर्ना गर्ने समुदाय नै वास्तवमा बलियो समुदाय हो,” उहाँले उल्लेख गर्नुभयो।

FB IMG 1779049265805

समाजका अध्यक्ष तुलबहादुर घर्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष राम मोक्तान विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा जीवन पंगेनी, कविराज राजवंशी, सुर्य बहादुर खवास, यम बहादुर घर्ती, दिलिप जिटी, सुर्य बहादुर भुजेल तथा सुरिन भुजेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै प्रवासमा सामाजिक एकता, भाषा र संस्कृतिको संरक्षण अपरिहार्य रहेको धारणा राख्नुभयो।

IMG20260517141936 01

त्यसैगरी विभिन्न जातीय तथा सामाजिक संस्थाका प्रतिनिधिहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा किरात याक्थुङ चुम्लुङका पोबो थेवे सेमी, नेपाल मगर संघ शाखा युएईका होम रजाली मगर, नेपाल तमाङ समाज युएईका सुरेन तामाङ, थारु कल्याणकारिणी सभा युएईका अध्यक्ष रामानन्द चौधरी, फोनिज युएईका प्रतिनिधि कविराज राजवंशी, सुनुवार सेवा समाज युएईका पूर्ण बहादुर सुनुवार, तमु समाज युएई, किरात राई यायोक्खा युएईका अध्यक्ष डि.के. किराँती, एनआरएनए युएईका सचिव कमल जङ्ग कार्की, नेवा पुचःका अध्यक्ष विरेन्द्र नकर्मी तथा Mr. & Miss Indigenous 2025–2027 की विजेता देवीमाया सुनुवार लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो। वक्ताहरूले प्रवासमा नेपाली भाषा, कला, संस्कृति र परम्पराको संरक्षणमा यस्ता संस्थाहरूको भूमिका महत्वपूर्ण रहने धारणा राख्नुभयो।

FB IMG 1779049011943

यसैबीच सम्पन्न सातौं अधिवेशनले सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ। झापाका हरि कुमार खवास सर्वसम्मत रूपमा अध्यक्ष चयन हुनुभएको हो। नयाँ कार्यसमितिमा देव बहादुर घर्ती भुजेल, गीता भुजेल, खड्ग बहादुर भुजेल, विनोद भुजेल, दिलकुमार भुजेल, संजय भुजेल तथा मीन भुजेल लगायतलाई विभिन्न जिम्मेवारी प्रदान गरिएको छ।

IMG20260517141353

कार्यक्रममा समाजलाई  स्थापना काल देखि निरन्तर सहयोग पुर्‍याउँदै आएका विभिन्न व्यक्तित्वहरूलाई कदरपत्रसहित सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक सुर्य बहादुर खवास, संस्थापक सदस्य एवं संरक्षक यम घर्ती, संस्थापक सदस्य तथा सल्लाहकार प्रेम घर्ती, प्रमुख सल्लाहकार सुर्य बहादुर भुजेल, सल्लाहकार महेश भुजेल, दिलिप जिटी, सुरिन भुजेल तथा बिष्णु थापा लगायत रहनुभएको थियो।

IMG20260517132153

समाजका महासचिव हरि खवास र सचिव विनोद भुजेलले सञ्चालन गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष संजय भुजेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनअनुसार सन् २०२४–२०२६ अवधिमा समाजको कुल आम्दानी १९,६८१.५० दिराम तथा खर्च १८,९३१.५० दिराम रहेको उल्लेख गरिएको छ। कार्यकालको अन्त्यसम्म समाजले ७५० दिराम बचत गर्न सफल भएको जानकारी समेत दिइएको थियो।

FB IMG 1779049300830

कार्यक्रममा प्रस्तुत सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिले वातावरणलाई थप उल्लासमय बनाएको थियो। प्रतीक्षा भुजेल लगायत कलाकारहरूको प्रस्तुति सहभागीहरूको आकर्षणको केन्द्र बनेको थियो।

युएईका विभिन्न क्षेत्रमा कार्यरत भुजेल समुदायको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप भव्य, उत्साहपूर्ण र ऐतिहासिक बनाएको आयोजकले जनाएको छ।

कमेन्टहरु