सिराहाबाट १९ लाख भन्दा बढीको अवैध सामानसहित दुई जना पक्राउ

नवलपुर टुडे


सिराहा । सिराहाबाट सशस्त्र प्रहरीले करिब १९ लाख ४७ हजार ३ सय रुपैयाँ बराबरको सामान र ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । सिराहाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमाबाट शनिबार राति करिब १९ लाख ४७ हजार ३ सय रुपैयाँ बराबरको सामान र ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
सोही ठाउँ बस्ने ५० वर्षीय राजेश यादव र ३९ वर्षीय आनन्द यादवलाई नं. ७ गण सिराहाबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको हो । स १ ख ५३५ नम्बरको ट्रकमा राखेर नेपालबाट अवैध रूपले भारततर्फ लैजाँदै गरेको उल्लेखित मूल्य बराबरको कस्मेटिक सामान, टुथ पेस्ट, २ सय ६० केजी ओखरसहित ट्रक समेत विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएको हो ।
ट्रकको अन्दाजी मूल्य २१ लाख रहेको छ भने नियन्त्रणमा लिएकाहरू ट्रकका चालक र सहचालक हुन् । नियन्त्रणमा लिईएका दुवै जनालाई नेपाल प्रहरीलाई बुझाइएको छ भने बरामद सामान भन्सार बुझाउने प्रक्रियामा रहेको छ ।

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त



तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी
अरुपनि पढ्नुहोस
सबै
सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह
















