एकै नेपाली अनलाइन प्लेटफर्मबाट १८० देशको भिसा आवेदन सेवा सुरु

नवलपुर टुडे


काठमाडौं, वैशाख ३१। नेपालमा पहिलो पटक एकै नेपाली अनलाइन प्लेटफर्ममार्फत १८० भन्दा बढी देशको भिसा आवेदन दिन सकिने ‘ग्लोबल भिसा सेवा डटकम’ सञ्चालनमा आएको छ । भेन्चर्स होलिडेज प्राविद्वारा प्रवद्र्धित उक्त प्लेटफर्म सार्वजनिक गरिएको हो ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुजन पन्तका अनुसार प्रयोगकर्ताले एउटै लगइनमार्फत भिसासम्बन्धी जानकारी लिन र आवेदन दिन सक्नेछन् भने रियल–टाइम अपडेट र डकुमेन्ट प्रि–चेकिङ सुविधा समेत उपलब्ध हुनेछ ।
पर्यटन क्षेत्रका जानकारहरूले यस्तो डिजिटल सेवाले भिसा प्रक्रियालाई सहज बनाउने बताएका छन् भने प्रविधि विज्ञहरूले डेटा सुरक्षा पक्षमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् । न्यूज बैक

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















