बुटवलस्थित सिद्धेश्वरी लालकुमारी माविमा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न


मनु गुरुङ
बुटवल । बुटवल उपमहानगरपालिका- ७ मा रहेको सिद्धेश्वर लाल कुमारी माबिले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान, बधाई शुभकामना कार्यक्रम गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा वडा न ७ का अध्यक्ष पदमराज गाहाले सिकेको पढाइ ज्ञान सहि ठाउँमा लगाउनुपर्ने र मात्र शिक्षाको सार हुने बताउदै उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
उत्तीर्ण सबै विद्यार्थीहरुको मार्कसिट आफुलाई एक प्रति बुझाउन र तेस्कै आधारमा स्थिती कमजोर भएको र गरिब बिद्यार्थीहरलाई वडाबाट र आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक लेखनाथ पौड्यालले सिद्देस्वर लाल कुमारी माध्यमिक विद्यालयलाई आशाको किरण सम्झेर पढ्न पठाउनु भयो ऐतिहासिक शिक्षा हासिल गरेको छ, यसको पहिलो भागिदार बिद्यार्थी आफै रहेको बताउदै, विद्यार्थीहरुलाई सम्मान गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो
।
विद्यालय ब्यवबस्थापन समितिका अध्यक्ष सागर प्रसाद न्यौपानेले एसईई उत्तीर्ण हुने विद्यार्थीहरुलाई सम्मान गर्दै विद्यालयको ७७ जिल्लाका बिद्यार्थीहरुलाई घरको परिवार जस्तै गरेर आत्मियताका साथ पढाइएको बताउनुभयो +2 का संयोजक कैलास गौतम फल त फल्यो अब पाक्न बाकी रहेको र पाक्नलाई पनि सहि माटो मल जलनको राम्रो स्याहार सुसार हुनुपर्ने र lead board बाट पढाइने र गाडी कुदाएर होइन धुलो उडाएर पढाएको बताउदै उत्तीर्ण बिद्यार्थीहरुलाई सम्मान तथा शुभकामना व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा हरि गैरे, सुमन समिर, होम ढकाल व्यवस्थापन समितिका सदस्य बुद्दि बहादुर परियार, शिक्षक, बिद्यार्थी, अभिभावक, कर्मचारी, विद्यार्थीहरुको उपस्थिति रहेको थियो । विद्यालयका नि. अ कृष्ण प्रसाद ज्ञवाली सहायक प्रधानाध्यापक शान्ता शर्मा लगायतले कार्यक्रममा बोलेका थिए । ६८ बिद्यार्थी परीक्षामा सहभागीमा ६३ बिद्यार्थी उत्तीर्ण हुन सफल भएका थिए । शिक्षाक हरि पोखरेलले कार्यक्रम संचालन गर्नु भएको थियो।






















