दुर्घटना

पुर्वी नवलपरासीको गैडाकोटमा सवारी दुर्घटना हुदा एकको मृत्यु एक घाईते

नवलपुर टुडे
२०८३ बैशाख २५ | मध्यान्ह ०६:०१ बजे

कावासोती, बैशाख २५ । पुर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार भएको सवारी दुर्घटनामा एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ भने एक जना पुरुष घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका अनुसार नारायणगढबाट भेडाबारीतर्फ जाँदै गरेको ना ७ ख ८६२१ नम्बरको टिप्परले सोही दिशातर्फ गइरहेको लु ४१ प ९२३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।दुर्घटनामा मोटरसाइकल चालक देवचुली नगरपालिका–१० निवासी ४० वर्षीय राजबहादुर थापा घाइते भएका छन् ।

उनको दुबै हातखुट्टा तथा अनुहारमा चोट लागेको र अवस्था सामान्य रहेको जनाएको छ । त्यस्तै मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती ३५ वर्षीया जमुना गिरी थापाको टाउकोमा गम्भीर चोट लागेको थियो। उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर, चितवन पुर्‍याउदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

प्रहरीले दुर्घटनामा संलग्न दुबै सवारी साधन तथा टिप्पर चालक चितवन भरतपुर महानगरपालिका–१८ शशिनगर निवासी ३२ वर्षीय सुनिल महत्तोलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्टहरु