दुबई यूएई, देश, प्रदेश, प्रबास, बिश्व

आइएमई लाइफको धमाकेदार प्रगति, जीवन बीमाकोष पुग्यो झन्डै १७ अर्ब !

कबिराज राजबंशी
२०८३ बैशाख २४ | मध्यान्ह १२:०१ बजे

file 000000006d6471f49aa8d93e87c819ab

प्रवास दुबई, यूएई। आइएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सन्तोषजनक वित्तीय प्रगति हासिल गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा, बीमाशुल्क आर्जन, जीवन बीमाकोष, लगानी तथा सम्पत्तिमा उल्लेखनीय वृद्धि देखिएको हो।

 

गत आर्थिक वर्षको चैत मसान्तसम्म ३६ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवको सोही अवधिमा सामान्य वृद्धि गर्दै ३६ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको जनाएको छ।

 

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ३ अर्ब ६० करोड ३५ लाख रुपैयाँबाट ३९.१८ प्रतिशतले वृद्धि भई ५ अर्ब १ करोड ५१ लाख रुपैयाँ नाघेको छ। त्यसैगरी जीवन बीमाकोष ११ अर्ब ८४ करोड ३४ लाख रुपैयाँबाट ४२ प्रतिशतले बढेर १६ अर्ब ८३ करोड १० लाख रुपैयाँ पुगेको छ, जसले कम्पनीप्रति बीमितहरूको विश्वास अझ बलियो बन्दै गएको संकेत गर्दछ।

 

कम्पनीको कुल आम्दानी ४ अर्ब ८२ करोड ९४ लाख रुपैयाँबाट करीब २८ प्रतिशतले वृद्धि हुँदै ६ अर्ब १७ करोड ८५ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च पनि ३० प्रतिशतले बढेर ५ अर्ब ८१ करोड ६ लाख रुपैयाँ पुगेको विवरणमा उल्लेख छ।

 

यस अवधिसम्म कम्पनीले आफ्ना अभिकर्ताहरूलाई ४३ करोड ६४ लाख रुपैयाँभन्दा बढी कमिशन वितरण गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा झण्डै ३० प्रतिशतले बढी हो। कम्पनीको प्रतिशेयर आम्दानी ४ पैसाले बढेर ९.८१ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १३१.४९ रुपैयाँ कायम रहेको छ। कम्पनीको सोल्भेन्सी अनुपात २.५९ प्रतिशत रहेको छ।

IMG 20260507 110301

५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको महाविपत्ति कोषमा २९ करोड ९५ लाख रुपैयाँ, जगेडा कोषमा ५२ करोड ८ लाख रुपैयाँ तथा शेयर प्रिमियममा ५२ करोड ३८ लाख रुपैयाँ सञ्चित रहेको छ। चैत मसान्तसम्म कम्पनीले २० अर्ब ७५ करोड रुपैयाँभन्दा बढी लगानी गरिसकेको छ भने कम्पनीको कुल सम्पत्तिको मूल्य २४ अर्ब ६९ करोड रुपैयाँ नाघेको छ।

 

आइएमई लाइफ इन्स्योरेन्सले नेपालसँगै विदेशमा पनि आफ्नो सेवा तथा एजेन्सी विस्तार गर्दै आएको छ। विशेषगरी युएईमा रहेका नेपालीहरूलाई लक्षित गर्दै Life Insurance Consultant Executive मार्फत सेवा प्रवाह भइरहेको छ। बीमा सम्बन्धी थप जानकारी तथा परामर्शका लागि +971 544999483 मा Call वा WhatsApp गर्न सकिने कम्पनीले जनाएको छ।

कमेन्टहरु