अनौपचारिक रूपमा विप्रेषणको काम, कारोबार नगर्न र नगराउन अनुरोध

नवलपुर टुडे


काठमाडौँ, वैशाख २४। इजरायलस्थित नेपाली राजदूतावासले इजरायल तथा साइप्रसमा रही कोही कसैले पनि अनौपचारिक रूपमा विप्रेषणको काम, कारोबार नगर्न\नगराउन अनुरोध गरेको छ ।त्यहाँस्थित दूतावासले बुधबार सूचना जारी गरी इजरायल तथा साइप्रसमा रही कसैले त्यस्तो काम कारोबार गरेको भए त्यस्तो कार्य गर्ने, गराउनेको विवरण प्रमाणसहित राजदूतवासमा जानकारी गराउन आग्रहसमेत गरेको छ । यसले अनौपचारिक रूपमा हुने विप्रेषणलाई रोक्ने कार्यमा सहयोग पुग्ने दूतावासको अपेक्षा छ ।
नेपाल सरकार (मन्त्रिपरिषद्) ले गत चैत १३ मा स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी एक सय बुँदे कार्यसूचीको बुँदा नं ४५ मा एकीकृत ‘डिजिटल’ सम्पत्ति दर्ता प्रणालीको स्थापना गर्ने, जोखिममा आधारित संकेत्त प्रणाली लागू गर्ने तथा सन्देहात्मक कारोबारको स्वचालित पहिचान गरी सम्बन्धित निकायमार्फत अनुसन्धान प्रक्रिया अगाडि बढाउने उल्लेख भएको दूतावासको उल्लेख गरेको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















