देश

सार्वजनिक जग्गाको विवरण ३ दिनभित्र पेस गर्न प्रशासनको परिपत्र

नवलपुर टुडे
२०८३ बैशाख २३ | मध्यान्ह ०३:०१ बजे

भोजपुर ।  जिल्ला प्रशासन कार्यालयले जिल्लाभरका स्थानीय तहलाई सरकारी तथा सार्वजनिक जग्गाको अद्यावधिक विवरण तीन दिनभित्र उपलब्ध गराउन परिपत्र गरेको छ ।

गृह मन्त्रालयको निर्देशनअनुसार परिपत्र गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विष्णुकुमार थेगुवाले बताए । भोजपुरमा दुई नगरपालिका र सात गाउँपालिका छन् ।

कमेन्टहरु