प्रधानमन्त्री साह नेतृत्वको कार्यालयमा त्रास फैलियो


काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको कार्यालयमा कार्यशैलीप्रति कर्मचारीहरूले गम्भीर असन्तुष्टि जनाएका छन्। युवा टोलीबाट छिटो नतिजा खोज्ने दबाब स्वाभाविक भए पनि हाल कार्यालयमा डर, त्रास र धम्कीको वातावरण सिर्जना भएको कर्मचारीहरूको भनाइ छ। कर्मचारीहरूका अनुसार सुवास शर्मा लगायतका व्यक्तिहरूले वरिष्ठ कर्मचारीसँग पनि असम्मानजनक व्यवहार गर्ने, गाली गर्ने तथा थर्काउने प्रवृत्ति देखिएको छ।
सामान्य शिष्टाचारसमेत पालना नभएको र कानुनी प्रक्रिया भन्दा व्यक्तिगत निर्देशनलाई प्राथमिकता दिइएको गुनासो गरिएको छ। यस विषयमा मुख्यसचिव सुमनराज अर्याल र निजी सचिव प्रदीप परियार मार्फत प्रधानमन्त्रीसमक्ष कुरा राखिएको भए पनि सुधार नदेखिएको स्रोतले जनाएको छ।
साथै, अन्य मन्त्रालयका कर्मचारीमाथि समेत निगरानी बढाइएको र प्रहरी प्रयोग गरी सुराकी गरिएको आरोप छ। यस्ता गतिविधिले कर्मचारीको मनोबल घटाउने र कार्यसम्पादनमा नकारात्मक असर पर्ने भन्दै कर्मचारीहरूले वातावरण सुधारका लागि बारम्बार आग्रह गरिरहेका छन्।






















