अपराध, दुबई यूएई, देश, प्रबास, भ्रष्टाचार, मानवअधिकार, विश्व, समाचार

दुबईमा नेपाली युवती नक्कली NRNA को नाम बाट ठगिए — बास्तविक ‘NRNA’ ले पिडितलाई सकुशल उद्धार गरी नेपाल पर्कायो 

कबिराज राजबंशी
२०८३ बैशाख २१ | मध्यान्ह ०३:०१ बजे

 

file 000000005a1471f484d700d28700ebee

प्रवास दुबई, यूएई | वैदेशिक रोजगारीको सपना बोकेर दुबई पुगेकी काभ्रे जिल्लाकी सरिता रम्तेल माथी भएकाे ठगी प्रकरणले विदेशमा रहेका नेपालीहरूको सुरक्षा माथि गम्भीर प्रश्न खडा गरेको छ।

IMG 20260504 133944

सहयोगको अपेक्षामा भौतारिएकी ती युवतीको कमजोर अवस्थाको फाइदा उठाउँदै केही व्यक्तिहरूले आफूलाई गैरआवासीय नेपाली संघ (NRNA) सँग सम्बन्धित भन्दै सम्पर्क गरे। “उद्धार गर्छौं”, “कागजी प्रक्रिया मिलाउँछौं” भन्ने आश्वासनका साथ उनीहरूले लाखौँ रुपैयाँ असुली गरेको तथ्य बाहिर आएको छ।

तर सहयोगको नाममा सुरु भएको विश्वास अन्ततः संगठित ठगीको जालमा परिणत भयो।

 

ठगीको गहिरिँदो जाल — को हुन् दोषी?

प्रकरणले देखाउँछ

  • समस्या परेका नेपालीहरूलाई लक्षित गर्दै
  • संस्थाको नाम दुरुपयोग गर्दै
  • योजनाबद्ध रूपमा पैसा असुल्ने गिरोह सक्रिय हुन सक्ने संकेत

तर अहिलेसम्म ठगीमा संलग्न व्यक्तिहरूको पहिचान सार्वजनिक हुन सकेको छैन, जसले थप शंका उत्पन्न गरेको छ।

 

४ मे मा उद्धार सम्पन्न

घटनाले गम्भीर रूप लिएपछि अन्ततः NRNA (NCC UAE) को पहल, समन्वय र सक्रियतामा

  • सम्पूर्ण प्रक्रिया मिलाएर
  • ४ मे का दिन
  • ती युवतीलाई सुरक्षित रूपमा नेपाल पठाइएको छ।
  • यस उद्धार कार्यले राहत दिएको भए पनि,

👉 “किन यस्तो अवस्था आयो?” भन्ने प्रश्न अझै अनुत्तरित छ।

 

🗣️ NRNA यूएईको प्रतिक्रिय

यस विषयमा थप जानकारी लिनका लागि NRNA NCC UAE का अध्यक्ष भिम मल्ल ठकुरीसँग गरिएको टेलिफोन कुराकानीमा,

अडियो सहितको सामग्री 

  • ठगीमा संलग्न व्यक्तिहरूको नाम र फोटो तत्काल उपलब्ध नभएको
  • पीडित युवतीको मोबाइल फोन फुटेको
  • नेपाल फर्किएपछि थप प्रमाण उपलब्ध गराइने
  •  नेपाल दूतावास किन मौन ?
  • यति ठूलो घटना हुँदा पनि
  • सम्बन्धित निकाय किन सक्रिय देखिँदैन?
  • नेपाल दूतावासको भूमिका के हो?

कमेन्टहरु