पत्रकार र स्थानीयलाई टेकुस्थित वंशीघाट सुकुम्बासी बस्तीमा प्रवेशमा रोक

नवलपुर टुडे
२०८३ बैशाख १८ | बिहान ०९:०१ बजे

काठमाडौँ । काठमाडौँको टेकुस्थित वंशीघाटमा रहेको सुकुम्बासी बस्तीमा आज डोजर चलाइँदै छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना जारी गरेपछि त्यहाँका सुकुम्बासीहरूले आफ्नो सामान सुरक्षित स्थानमा सारिरहेका छन् ।
आज बिहानदेखि यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । पत्रकार र स्थानीयलाई समेत यस क्षेत्रमा प्रवेश गर्न दिइएको छैन । बिहान तरकारी किन्न घरबाहिर निस्किएका स्थानीय समेत घर फर्कन पाएका छैनन् ।

















