बाजुरामा चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

रासस
२०८३ बैशाख १७ | मध्यान्ह ०३:०१ बजे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा मरेका छन् ।पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–१ जोरुको रानीसैन वनमा चराउन लगिएका भेडाबाख्रा चट्याङ लागेर मरेका हुन् ।
यसैगरी मङ्गलबार वनमा चराएर घर ल्याउने क्रममा पहिरो जाँदा जगन्नाथ गाउँपालिका–२ माथिल्लो हुनीमा १३ बाख्रा मरेका थिए भने ३८ भेडाबाख्रा बेपत्ता भएका थिए । मङ्गलबार नै त्रिवेणी नगरपालिका–९ पैमाको खोया लेकमा स्थानीय कूलबहादुर साउँदका तीन बाख्रा गोठमा चट्याङ लागेर मरेका थिए ।

















