मौसम

देशका यी जिल्लामा आज तीव्र हावाहुरी चल्ने

नवलपुर टुडे
२०८३ बैशाख १६ | बिहान ०६:०१ बजे

काठमाडौं । देशका केही स्थानमा आज तीव्र हावाहुरीको पूर्वानुमान छ । सुदूरपश्चिमदेखि कोसी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटीसहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची हित आसपासका जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना छ ।

त्यस्तै, मधेस प्रदेशका धनुषा र बारासहित आसपासका जिल्ला र कोसी प्रदेशको मोरङसहित आसपासका जिल्लामा हावाहुरी चल्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । “बुधबार सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटीसहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँचीसहित आसपासका जिल्ला, मधेस प्रदेशका धनुषा र बारासहित आसपासका जिल्ला र कोसी प्रदेशको मोरङसहित आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहोला,” विभागले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ ।

हावाहुरी साँझ करिब ५:४५ बजे सुरु हुने सम्भावना छ । बिहीबार (वैशाख १७) बिहान करिब ७:४५ बजे हावाहुरी ‘समाप्त हुने’ सम्भावना रहेको विभागले जनाएको छ । मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित पानी पर्ने प्रणाली पश्चिमदेखि क्रमशः पूर्वतिर सर्दै जाने सम्भावना रहेकोले देशका धेरै ठाउँहरूमा यसको प्रभाव पर्ने सम्भावना छ । 

कमेन्टहरु