कपिलवस्तुको बानियाभारमा अवैध ब्रोईलर कुखुरा बरामद

नन्द किशोर कुर्मी (लालु)
२०८३ बैशाख १५ | मध्यान्ह ०२:०१ बजे

कपिलवस्तु । जिल्लाको शिवराज नगरपालिका अन्र्तगत वडा नं ९ को बानियाभारमा ईलाका प्रहरी कार्यालय सुन्दरीडाडाको गस्ति टोलीले अवैध ब्रोईलर कुखुरा बरामद गरी नस्ट गरेको छ ।
भारतबाट अवैध रुपमा नेपाल ल्याईरहेको गिरोहले ईलाका प्रहरी कार्यालय सुन्दरीडाडाको नियमित गस्ति टोलीलाई देखे पछि भारतीय नम्वर ल्पेटको मोटरसाईकलसहित अनुमानित १५० किलो परिमाणमा उक्त ब्रोईलर कुखुरा छाडेर भागेका थिए ।
सामुदायिक बन भित्र भागेको गिरोहलाई प्रहरीले खोजी गरे पनि फेला पार्न नसकेको जानकारी दिएको छ । नियन्त्रण गरिएको उक्त कुखुरा ईलाका प्रहरी कार्यालय सुन्दरीडाडा, वडा न ९ का वडा अध्यक्ष रामगोपाल थारु, स्थानीय समाजसेवीहरुको रोहबरमा नस्ट गरिएको प्रहरीले जानकारी दिएको छ ।






















