खेलकुद, देश

राष्ट्रिय रापिड तथा ब्लिट्ज चेस च्याम्पियनसिप

राजु ताम्राकार
२०८३ बैशाख १४ | मध्यान्ह ०५:०१ बजे

बैशाख १६ गते रापिड तथा ब्लिट्ज राष्ट्रिय चेस च्याम्पियनसिप हुने
१४ बैशाख, काठमाडौं । 
क्षेत्रपाटी क्लबका संस्थापक अध्यक्ष स्व. रामहरी कृष्ण मानान्धरको सम्झनामा बैशाख १६ देखि १८ गते सम्म तेस्रो रापिड तथा दोश्रो ब्लिट्ज राष्ट्रिय चेस च्याम्पियनसिपको तयारी पूरा भएको छ ।
सोमबार पत्रकार सम्मेलन गरेर क्षेत्रपाटी क्लबका अध्यक्ष गोपाल मालीले क्लबको वार्षिक उत्सवको अवसरमा तिन दिन सञ्चालन हुने प्रतिस्पर्धाका विजेता खेलाडीहरुलाई नगद रु. ३ लाख पुरस्कार प्रदान गरिने बताए ।
प्रतियोगिताका संयोजक गोपाल मालीले क्षेत्रपाटी पार्टी पालेसमा सम्पन्न प्रेस मिटमा तेस्रो रापिडका विजेता खेलाडीलाई नगद रु. २ लाख पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । 
जसमा पुरुष खुल्ला तर्फ प्रथम हुनेले रु. ३५ हजार, द्वितीयले रु. २५ हजार तथा तृतीयले १५ हजार र महिला तर्फ प्रथम हुनेले १० हजार, द्वितीयले ७ हजार तथा तृतीयले ५ हजार पुरस्कार प्राप्त गर्ने छन् । यसमा विभिन्न विधा गरि २७ जना खेलाडीहरुलाई पुरस्कार दिइने छ ।
दाश्रो राष्ट्रिय ब्लिट्ज स्पर्धामा नगद रु. १ लाख पुरस्कार मध्ये प्रथम हुनेलाई रु. १५ हजार, द्वितीयलाई रु. १० हजार, तृतीयलाई रु. ८ हजार तथा महिला तर्फ क्रमशः नगद रु. ५ हजार, रु. ३ हजार र रु. २ हजार एवं विधागत गरी १७ जना खेलाडीलाई पुरस्कार दिइने जानकारी गराए ।
बौद्घिक बुद्घिचाल खेलको प्रमुख आकर्षकका रुपमा विजयी टप १० खेलाडी, विधागत अन्तर्गत ५५ वर्ष माथि भेट्रान उत्कृष्ट दुई जनालाई, युवा जुनियर १२, १४, १६ वर्ष मुन जम्मा ९ जनालाई, नयाँ उत्कृष्ट खेलाडी तीन जनालाई, रेटेड १६ सय मुनी तीनलाई , १८ सय मुनी तीनलाई नगद पुरस्कार सहित मेडल, प्रमाण पत्र हस्तान्तरण गरिने गोपाल मालीले जानकारी गराएका छन् ।
नेपाल बुद्घिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले राष्ट्रिय रापिड तथा ब्लिट्ज बुद्घिचाल प्रतिस्पर्धामा २०० जना शीर्ष खेलाडीहरुको सहभागीता रहने जानकारी गराएका छन् । पत्रकार सम्मेलन मार्फत नेपाल बुद्घिचाल महासंघले प्रत्येक वर्ष ओपन नेशनल, ओमन नेशनल, नेशनल एमेच्योर, नेशनल भेट्रान, नेशनल टिम, स्कूल टिम, नेशनल युथ, नेशनल क्याडेड लगायतका राष्ट्रिय प्रतियागिताहरु आयोजना गर्दै आएको महर्जनले जानकारी गराए ।
प्रमुख निर्णायक फिडे आर्विटर सोराज ताम्राकारले स्वीस लिग प्रणाली अन्तर्गत रापिड तर्फ नौ चरण तथा ब्लिट्ज तर्फ ११ चरणका खेल सञ्चालन गर्नेछन् ।  महासंघले दुबै राष्ट्रिय प्रतियोगिताका ५ खेलहरु डिजिटि वोर्ड मार्फत प्रत्यक्ष प्रसारण गर्ने भएका छन् ।
विश्व बुद्घिचाल महासंघ, एशियन चेस फेडेरेशनको तत्तवावधान एवं काठमाडौं बुद्घिचाल संघको सहकार्य तथा क्षेत्रपाटी क्लबको स्थानीय व्यवस्थापनमा प्रतियोगिता आयोजना हुने भएकाे छ।
पत्रकार सम्मेलनमा महासंघका प्रवक्त राजु ताम्राकार, सदस्य रमिला पोखरेल, काठमाडौं बुद्घिचाल संघका अध्यक्ष केशब श्रेष्ठ, क्षेत्रपाटी क्लबका उपाध्यक्ष महफुज उद्दिन, सचिव राजु माली, कोषाध्यक्ष दिनेश श्रेष्ठ, सदस्य सुरेश श्रेष्ठ, निर्मा महर्जन, नरेन्द्रमान बज्राचार्य लगायतको उपस्थिति रहेको थियो ।inbound9217825137279418718

कमेन्टहरु