अमेरिकासँग ७ विकेटले हार्यो नेपाल

नवलपुर टुडे


काठमाडौं। आइसिसी महिला टि-ट्वान्टी च्यालेन्ज ट्रफी अन्तर्गत आइतबार भएको खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ। रुवाण्डाको किगालीस्थित गहङ्गा क्रिकेट स्टेडियममा नेपाल अमेरिकासँग सात विकेटले पराजित भएको हो।
नेपालले दिएको ८७ रनको विजयी लक्ष्य अमेरिकाले ११.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो। उसका लागि इसानी वाघेलाले सर्वाधिक ३५ रनको योगदान दिइन भने सैनभी कम्बालापालीले २१ तथा पुजा गनेशले २० रन बनाइन्। बलिङतर्फ नेपालका लागि मनिशा उपाध्याय, पूजा महत्तो र इन्दु बर्माले एक एक विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८६ रन बनायो। नेपालका लागि रुवि पोदारले सर्वाधिक ५१ रनको योगदान दिइन्। त्यसबाहेक नेपालका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। पूजा महत्तो र कविता कुँवरले समान ८/८ रन जोडे।
बलिङतर्फ अमेरिकाकी माही माधभन र रितु पृया सिंहले समान २/२ विकेट लिए।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















