चेसमा अभिन पाण्डे विजयी

चेसमा अभिन पाण्डे विजयी
१२ बैशाख, काठमाडौं ।
चेस इभोलुशन एकेडेमीको आयोजनामा “चेस इभोलुशन क्याम्प एकदिने प्रतियोगिता शनिबार सफलतापूर्वक सम्पन्न भएको छ।
कुल ५ चरणका खेलहरू सञ्चालन हुदा ४.५ अंक जोडेर अभिन पाण्डेले प्रथम स्थान हासिल गरेका छन् । स्पर्धामा हृदय क्षेत्री द्वितीय तथा रिवाज श्रेष्ठ तृतीय स्थान हासिल गर्न सफल भए।
छात्रा विधातर्फ ग्रीनल्याण्ड स्कुलकी ग्रिस्मा पौडेल प्रथम तथा चेस इभोलुशन एकेडेमीकी सान्वी कटवाल द्वितीय स्थानमा रहिन्।
उमेर समूह अन्तर्गत उत्कृष्ट युवा १२ वर्ष मुनि ग्रीनल्याण्ड स्कुलका सर्वेश केसी, उत्कृष्ट युवा १० वर्ष मुनि चेस इभोलुशन एकेडेमीका राजन शाह र उत्कृष्ट चेस इभोलुसन एकेडेमी खेलाडीमा शुभम गिरी र आर्यमान पौडेल रहे।
समापन समारेहका अध्यक्ष बिनोद रेग्मीले खेलको महत्वबारे आफ्नो धारणा व्यक्त गर्दै बालबालिकाको बौद्धिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्नुभयो।
प्रतियोगितामा एफए मिशन बास्कोटाले रेफ्रि प्रमुखको भूमिका निर्वाह गरेका छन् भने कार्यक्रमका संयोजक सन्देश आचार्यले आगामी दिनहरूमा यस्ता प्रतियोगिताहरूलाई अझ व्यापक रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।






















