मौसम

लुम्बिनी र सुदूरपश्चिममा तातो, तापक्रम ४० डिग्री नाघेसँगै सतर्क रहन चेतावनी

नवलपुर टुडे
२०८३ बैशाख १२ | बिहान ०६:०१ बजे

काठमाडौं । कतै तातो दिन हुँदा आज केही स्थानमा वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिममा केही भूभागमा तातो दिन हुनेछ भने अन्य प्रदेशका केही स्थानमा वर्षा हुनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा तथा मधेस प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशको तराईमा मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना छ । विभागले राति देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने जनाएको छ । पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । 

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ । 
 

कमेन्टहरु