जानकी नवमीको उपलक्ष्यमा जानकी मन्दिरमा सवा लाख द्विप प्रज्ज्वलन गरिने

नवलपुर टुडे
२०८३ बैशाख ११ | मध्यान्ह ०५:०१ बजे

जनकपुर, वैशाख ११। जनकपुरधामको जानकी मन्दिरमा सवा लाख द्विप प्रज्ज्वलन गरिने भएको छ । जानकी नवमीको उपलक्ष्यमा भोली (शनिबार) बेलुका जानकी मन्दिर प्राङ्गणमा सवा लाख द्विप प्रज्ज्वलन गरिने हिन्दूवादी संगठन जानकी सेनाले जानकारी दिएको छ ।जानकी सेनाको अगुवाईमा विगत पाँच वर्षदेखि जानकी मन्दिरमा विशेष पर्वका बेला द्विप प्रज्ज्वलन गरिँदै आएको छ । द्विप प्रज्ज्वलनमा सम्पूर्ण जनकपुरवासीको सहभागिता हुने गर्छ ।
जानकी मन्दिरमा विशेष पूजापाठ, मैथिली परम्परा अनुसारका संस्कृतिक कार्यक्रम, नाचगान, महाआरती र महाप्रसादको कार्यक्रम रहेको छोटे महन्थ राम रोशन दासले बताए ।जानकी नवमीको अवसरमा जनकपुरधामवासीले आ–आफ्नो घर आंगनमा दिपावली मनाउने गर्छन । न्यूज बैंक

















