विश्व खोप सप्ताह अभियान सुरु

नवलपुर टुडे


काठमाडौं , वैशाख ११। हरेक वर्ष अप्रिल महिनाको अन्तिम साता मनाइने विश्व खोप सप्ताह यस वर्ष पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरि मनाइँदैछ । यस वर्ष विश्व खोप सप्ताह अप्रिल २४ देखि ३० सम्म विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम साथ मनाउन लागेको हो ।यस वर्षको नारा ‘फर एभ्री जेनेरेशन भ्याक्सिन वर्क’ रहेको छ, जसले खोप हरेक पुस्ताका लागि प्रभावकारी र जीवनरक्षक भएको सन्देश प्रवाह गरेको छ । खोपको माध्यमबाट बालबालिकादेखि वृद्धसम्म सबै उमेर समूहलाई रोगबाट सुरक्षित राख्न सकिन्छ ।
यसै सन्दर्भमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र विभिन्न स्वास्थ्य साझेदार संस्थाहरूले खोप प्रवद्र्धन तथा जनचेतना अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्।
साथै, यस वर्ष खोप समुदायले विश्व स्वास्थ्य संगठनको खोप प्रवद्र्धनको ५२ औं वार्षिकोत्सवलाई पनि विशेष रूपमा स्मरण गर्ने जनाएको छ । विश्व खोप सप्ताहको मुख्य उद्देश्य खोपबाट रोक्न सकिने रोगहरूबारे जनचेतना फैलाउँदै अधिकभन्दा अधिक मानिसलाई खोप सेवामा पहुँच सुनिश्चित गर्नु रहेको छ।स्वास्थ्यकर्मीहरूले ‘खोप लगाऔं, हरेक पुस्तालाई सुरक्षित बनाऔं’ भन्ने सन्देशसहित समयमै खोप लगाउन सबैलाई आग्रह गरेका छन् । न्यूज बैंक

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















