सुनचाँदीको मूल्य आज पनि घट्यो , कतिमा हुँदैछ कारोबार ?

नवलपुर टुडे
२०८३ बैशाख ११ | मध्यान्ह १२:०१ बजे

काठमाडौँ, वैशाख ११। स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला रु दुई हजार २०० र चाँदी रु ७५ ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९४५ कायम भएको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

















