Opens in a new tab

राप्रपाका उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । सरकारी बोलपत्रको वेबसाइटमा पहुँच राखेर ठेक्का आफ्नो कम्पनीलाई पारेको कसुरमा उनलाई पक्राउ गरिएको हो । पाण्डेलाई काठमाडौंबाट पक्राउ गरिएको सीआईबीका एआईजी डा. मनोज केसीले पुष्टि गरे ।

पाण्डे कालिका कन्स्ट्रक्सनका सञ्चालक हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पाण्डे बिरुद्ध सिक्टा सिञ्चाई आयोजनामा भ्रष्टाचार गरेको कसुरमा अख्तियारले २०७५ मा मुद्दा दायर गरेको थियो। २०७९ मा उनी सहरी विकाश मन्त्री भएका थिए ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे