जीवनी, मुख्य समाचार, समाचार, समाज, सुदुरपश्चिम प्रदेश
सिपमुलक तालिमले आत्मनिर्भर बन्दै बुढिनन्दाका दलित समुदाय


बाजुरा, बैशाख १० । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिकामा दलित वर्गहरुलाई सिपमुलक तालीम दिएर आत्मनिर्भर बनाएको छ । बुढिनन्दा नगरपालिका लघु उधम विकास शाखाको आयोजनामा “उधम गरौं, आत्मनिर्भर बनौं” अभियान साथ दलित समुदायहरुको लागि आरन सम्बन्धि तालीम दिएको छ । “औद्योगिक वातावरण सुधार, दिगो अर्थतन्त्र आधार” भन्ने अभियान साथ दलित तथा सीमान्तकृत वर्गहरुका लागि लामो अवधिमा सिलाइ कटाई तालिम दिएको छ ।
सिलाइ कटाइ तालिम २०८२ माघ ९ गतेदेखि २०८२ बैशाख ९ गतेसम्म गरेर ९० दिने तालिम १६ जनाले लिएका हुन । त्यसैगरी आरन सम्बन्धि तालिम २०८२ चैत २० गतेदेखि २०८२ बैशाख ५ गतेसम्म १५ जनाले १५ दिनको तालिम प्राप्त गरेका छन ।
नगर प्रमुख बोहराका अनुसार, “जीवनमा मान्छे दुख किन पाउन्छन भन्दा कसैले काम गर्ने नजानेर कसैले अवसर नपाएर दुख पाइरहेका छन । हाम्रो बुढिनन्दा नगरपालिकाले दलितका लागि विभिन्न सिलमुलक तालीम दिएर आत्मनिर्भर बनाउन लागिरहेको छौँ ।” जन्मदा सबै बराबर भएर जन्मिएको हुन्छ । कोही तलमाथि हुँदैन तर हामीले अवसर पाएपछि हामिले कस्तो बन्ने कुरा त्यहाँबाट थाहा हुन्छ ।
धेरै जसो दलित वर्गहरुले सीप सिक्नु जानुभएको छ । यहाँबाट कति जनाले तालिम उपलब्धि मानेर सदुपयोग गरेर व्यवसाय रूपमा अगाडि बढ्यो भने, आफ्नो बालबच्चा देखि घरपरिवार धान्ने र पारिवारिक आयआर्जन वृद्धि समेत हुने सम्भावना रहेकोे छ । दलित समुदायलाई सबै सुबिधा सौलियत तरिकाले नगरपालिकाले सेवा दिदै आइरहेको छ । दलित वर्गलाई लक्षित गरेर विभिन्न किसमका सिपमुलक तालिम तथा सेवा सुबिधा प्रदान गरिरहेका बुढिनन्दा नगरपालिका नगर प्रमुख जनक कुमार बोहराले बताउनुभयो ।






















