दुई देशका सुरक्षाकर्मीको सहकार्यमा दशगजामा सरसफाई

सुनसरी । जिल्लाको कोशी गाउँपालिका वडा नं ८ अवस्थित रहेको नेपाल भारतको दशगजा क्षेत्रमा सुरक्षाकर्मीले संयुक्त सरसफाई अभियान चलाएका छन्। सुनसरीको भण्टाबारी र भारतको भिमनगरसँग जोडिएको नेपाल भारतको सीमा क्षेत्रको बिचमा पर्ने दशगजा क्षेत्रमा फोहरले गर्दा हिँडडुल गर्न समेत समस्या आए पछि त्यहाँ संयुक्त सरसफाई अभियान चलाएको हो ।
सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा भारतको एसएसपीको संयुक्त टोलीले अभियान संचालन गरेको हो । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा मुल्म हे.क्वा. हरिपुर सुनसरीका सशस्त्र प्रहरी नायब उपरिक्षक शमशेर कार्की, इलाका प्रहरी कार्यालय भण्टाबारीका इन्चार्ज, भारतका तर्फबाट सशस्त्र सीमाबल शैलेशपुरका कमान्डर S/GD नन्द लाल समेतको संयुक्त टोलीले सहभागी हुनुभएको थियो।

नेपाल र भारतको दश गज्जा क्षेत्रमा रहेको फोहरहरूलाई व्यवस्थित गर्दै यो अभियानलाई तीव्रता दिएको छ। सशस्त्र प्रहरी नायब उपरिक्षक कार्कीले भने दशगजामा असरल्ल रहेको फोहरले गर्दा दशगजा क्षेत्रमा हिडन समेत समस्या आए पछि त्यहाँ संयुक्त अभियान संचालन गरिएको बताए । उनले सबै मिलेर दशगजा क्षेत्रलाई सफा बनाउनु पर्ने बताए ।अभियानमा , स्थानीय व्यापारी, समाजसेवी, र पत्रकारहरूको समेत सहभागीता थियो ।
अभियानले सीमा क्षेत्रमा दुवै देशबिचको सहयोग र सद्भावलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।






















