गृहमन्त्रीले आईजीपी र काठमाडौंको सीडीओसँग गरे ५ घन्टा लामो छलफल

नवलपुर टुडे


काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, काठमाडौँका सीडीओसहितका उच्च सुरक्षा अधिकारीहरूसँग लामो छलफल गरेका छन् । साँझ ६ बजेदेखि सुरु भएको छलफल राति करिब ११ बजेसम्म चलेको थियो । छलफलपछि राति करिब ११ बजे गृह मन्त्रालयबाट बाहिरिँदा उनले बैठकको बारेमा केही बताएनन् ।
पत्रकारले बैठकमा ‘के भयो’ भनी सोधेको प्रश्न छल्दै गुरूङले भने, ‘कति दुख पाउनुभएको तपाईँहरूले, खाना त खानुभयो नि ?’ ‘अब हाइप्रोफाइलको फाइल फेरि खुल्ने हो ’भन्ने प्रश्नमा उनी खुलेनन् । ‘बिस्तारै थाहा हुन्छ’ भन्दै पन्छिए ।
मन्त्रालयमा उनले नेपाल प्रहरीका आईजीपी र जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुखसँग छलफल गरेका थिए । उनलाई भेट्नका लागि रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी पनि सिंहदबार पुगेका थिए । मन्त्री छलफलका व्यवस्त रहेपछि भेट हुन भने नसकेको उनले बताए ।
‘गृहमन्त्रीज्यू आईजी, काठमाडौँको सीडीओसापहरूसँग छलफल हुनुहुँदो रहेछ । मैले उहाँलाई भेटेको छैन,’ बुर्लाकोटीले भने, ‘गृहमन्त्रालय भनेको चुप लागेर बस्न पाउने मन्त्रालय होइन । त्यो कारणले मन्त्रीज्यूले आफ्नो तरिकारले काम गर्दै हुनुहुन्छ । गृहसचिवज्य पनि यहीँ बाटैमा भेट हुनुभयो । उहाँ मन्त्रीज्यूकोमा जाँदै हुनुहुँदो रहेछ । गृहमन्त्री छलफलमा हुनुहुँदो रहेछ मैले उहाँलाई डिस्टब गरिनँ’ उनले भने ।

‘छठ पर्वले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ’

छठी गीतको गुञ्जनमा भक्तिमय मिथिला

तराईको आँगनबाट राजधानीका जलाशयसम्म छठको रौनक फैलिए

सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार

बाँदरको हैरानीले किसान अदुवा खेतीतर्फ आकर्षित
अरुपनि पढ्नुहोस
सबै

छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठान: उपराष्ट्रपति यादव

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

















