धर्म–संस्कृति/रीतिथिति, समाज

दिदिबहिनीहरुलाई १५ दिने मादल बजाउने तालिम बुटवल- ७ मा सम्पन्न

नवलपुर टुडे
२०८३ बैशाख ८ | मध्यान्ह ०८:०१ बजे

मनु गुरुङ
बुटवल । बुटवल उपमहानगरपालिका- ७ मा दिदीबहिनीहरुका लागि १५ दिने मादल बजाउने तालिम मगंलबार सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका- ७ काे आयाेजनामा तालिम सम्पन्न भएकाे हाे ।
‎ 
‎कार्यक्रममा बुटवल उपमहानगरपालिका- ७ का अध्यक्ष पदमराज गाहाले सिकेको सीपलाई व्यवहारमा लागू गर्दै निरन्तर रुपमा अगाडि बढाउन अनुरोध गर्दै आगामी दिनमा अझ प्रभावकारी काम ल्याउनका लागि वडा नं ७  सधैं लागिरहने बताए । उनले तालिम सिकेर आफ्नो टोलमा कुनै समारोहमा आफै बजाउन सकेमा धेरै राम्राे हुने टोलका दिदी बहिनीहरु कुनै कुरामा पनि कमि नहोस र बिभिन्न धार्मिक अनुष्ठान तथा सागिंतिक कार्यक्रमहरु भजन कीर्तन पुजा आजामा आफैंले बजाउन सकुन भनेर यस किसिमको तालिम ल्याएको बताए।
‎   
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै सदस्य सुनिता खडलुले समाजमा मादल तथा अन्य बाध्य अधिकारीलगायतले आ आफ्नो भनाइ राखेका थिए । वडा सदस्य राधा देवी पौडेलले १५ दिने तालिम महिलाहरूको मादल बजाउने सीपमा निपुर्ण प्राप्त हुने तालिम अवधिभर निकै उत्साहका साथ सिकेकोमा खुशी व्यक्त गर्नुभयो। कार्यक्रममा प्रशिक्षक बिजय सापकोटाले प्रशिक्षण दिएका थिए ।

सो ‎कार्यक्रममा ४५ जना महिलाहरुको सहभागिता रहेकाे थियो । सो कार्यक्रम १५ दिने तालिममा सहभागीहरुलाई वडा अध्यक्ष पदमराज गाहाले प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रममा संचाल्न सचिव बिण्णु प्रसाद ऋेष्ठले गरेका थिए । कार्यक्रममा वडाका कर्मचारी कृष्ण थापाले सहजीकरण गरेका थिए । कार्यक्रममा वडा सदस्य तुल्सी बिस्वकर्मा लगायतको सहभागिता रहेको थियो ।

कमेन्टहरु