Opens in a new tab

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रासस

29Shares
dida bag ad

काठमाडौँ, र्वैशाख ८। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न नसकेका निर्वाचन क्षेत्रहरूका लागि समानुपातिक सांसदको सूचीबाट जिम्मेवारी तोकेको छ ।

रास्वपाले त्यसका लागि कोशी प्रदेशमा ११ जना, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लम्बिनी प्रदेशमा पाँच, कर्णालीमा ११ र सुदूरपश्चिम प्रदेशमा छ जना सांसदलाई जिम्मेवारी तोकेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।ती जिम्मेवारी तोकिएका सांसदहरुले ती क्षेत्रका समसामयिक समस्याका विषयमा समन्वय गर्ने छन् ।