विद्यार्थी र प्राज्ञिक अधिकार माथि जघन्य अपराध गर्ने उपकुलपतिहरु कंलकित पात्र घाेषित हुनेछन् : मुक्ति गैरे


काठमाडौं । उपकुलपतिहरुलाई विद्यार्थी र प्राज्ञिक अधिकारको पक्षमा काम गर्न नसके तत्काल राजिनामा दिन माग गरिएको छ । विद्यार्थी संगठन नेपालका केन्द्रीय अध्यक्ष मुक्ति गैरेले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्याल, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपाल, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतम, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजुकुमार थपलिया र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्तलाई तत्काल राजिनामा माग गरेका हुन् ।
उनलेे : `नेपाली भाषा, संस्कृति, खाेज, अनुसन्धान र विकासलाई माँस्न हाम्रा शुल्क, अनुदान आयाेगकाे रकम र दातृ निकायहरूको सहयोगले पुगेन !? फेरि के लागि विद्यार्थी माथि दमन, शाेषण, अन्याय, अत्याचार, विभेद र छुवाछूत गर्न आत्मसर्पण गर्दै हुनुहुन्छ ?! अहिलेसम्म शैक्षिक व्यापार गरेर, जनताको तलव खाएर अझै पुगेन ?´ भन्दै प्रश्न समेत गरेका छन् । उनलेे थप चेतावनी दिदै भने : `तपाईंहरुले विद्यार्थीकाे र प्राज्ञिक अधिकार माथि गरेको याे जघन्य अपराधलाई अवकाश पछि पनि घरमा बसे पनि र विदेश बसे पनि याे धर्तीकाे समाजमा कंलकित पात्रको रुपमा घाेषित हुनुहुनेछ ।´

















