विद्यार्थीकाे शुल्क खाएर शिक्षा विदहरुले आत्मसर्पण गर्दा शिक्षामा व्यापार भयाे : मुक्ति गैरे

नवलपुर टुडे
२०८३ बैशाख ७ | बिहान ०५:०१ बजे

काठमाडौं । विद्यार्थी संगठन नेपालका केन्द्रीय अध्यक्ष मुक्ति गैरेले निजि जिवनका लागि शिक्षा विदहरुले भिख मागेर आत्मसर्पण गरेकाे आराेप लगाएका छन् । उनलेे सरकारले ल्याएको सय कार्ययोजना अनुसार विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने कदममा शिक्षा विदहरुले गरेको निर्णय प्रति आपत्ति जनाउदै उक्त आराेप लगाएका हुन् ।
उनले भने : `निजि जिवनका लागि भिख माग्नेहरुले मात्रै आत्मसर्पण गर्छन् । यस्तै अहिले हाम्रा विद्यालय, विश्वविद्यालय र मन्त्रालयका सचिव, उपकुलपति, अध्यक्ष, सह सचिव, उप सचिव, उप निर्देशक, सहायकनिर्देशक र शाखा अधिकृत सम्मकालाई राम्रो गर भनेर विद्यार्थीले शुल्क तिरेर तलव खुवाउदा पनि भिख मागे, आत्मसर्पण गरे, त्यसकारण शिक्षा व्यापार भएको हाे सेवा भएको हाेईन् ।´
















