दुबई यूएई, धर्म–संस्कृति/रीतिथिति, प्रबास, मुख्य समाचार, विश्व, समाचार
सुनसरी समाज यूएईद्वारा खेलाडी सम्मान तथा नयाँ वर्ष २०८३ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न


प्रवास दुबई, यूएई| सुनसरी समाज यूएईले खेलाडी सम्मान तथा नेपाली नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम अप्रिल १९ आइतबार दिउँसो ३ बजे बर दुबईस्थित नाङ्लो रेस्टुरेन्टमा आयोजना गरिएको थियो।

यसअघि, २०२६ जनवरी १७ मा नेपाली समाज यूएईद्वारा आयोजित फुटबल प्रतियोगितामा सुनसरी समाज यूएईले द्वितीय स्थान हासिल गरेको थियो। साथै, धरान युनाइटेड ग्रुपद्वारा २०२६ अप्रिल ११ मा आयोजित प्रतियोगितामा पनि कडा प्रतिस्पर्धासहित सहभागिता जनाएको थियो। सोही उपलब्धिलाई सम्मान गर्दै सहभागी सम्पूर्ण खेलाडीहरूलाई संस्थाले हौसला तथा प्रोत्साहनस्वरूप सम्मान गरेको हो।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव प्रविन बराइलीले गरेका थिए भने सभापतित्व खेलकुद विभाग प्रमुख जेकी चौधरीले गरेका थिए। प्रमुख अतिथिका रूपमा नेपाली समाज यूएईका पार्षद अध्यक्ष कमल गिरी उपस्थित थिए।

विशिष्ट अतिथिहरूमा ओम ग्राफिक्सका सञ्चालक ओम तामाङ, संस्थाकी अध्यक्ष सरु कटुवाल, संस्थापक रोहित बस्नेत, संरक्षक सुरेन्द्र लामा, सल्लाहकार ईश्वर श्रेष्ठ, वरिष्ठ खेलाडी प्रकाश देवान, किशोर सुब्बा, प्रशिक्षक डीबी कार्की, टिम क्याप्टेन सुरज चौधरी तथा पत्रकार कविराज राजवंशी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथिद्वारा दीप प्रज्वलन गरी गरिएको थियो। त्यसपछि नेपाल र यूएईको राष्ट्रिय गानमा सहभागी हुँदै वैदेशिक भूमिमा ज्यान गुमाएका नेपालीहरूको आत्माको चिरशान्तिको कामनासहित एक मिनेट मौनधारण गरिएको थियो।

उक्त अवसरमा प्रमुख अतिथिको हातबाट खेलाडीहरूलाई खादा ओढाई, मायाको चिनो र प्रशंसा–पत्र प्रदान गरिएको थियो। सम्मानित खेलाडीहरूमा प्रकाश देवान, ईश्वर श्रेष्ठ, अप्रमोद कार्की, जेकी चौधरी, डीबी कार्की, विक्रम बिष्ट, राजु तमु गुरुङ, मिथुन बिष्ट, शिशिर केसी, सुरज चौधरी, पदम तामाङ, अतिथि राज इङ्गनाम, जलेन्द्र चौधरी, दिलबहादुर निरौला, लक्ष्मीनारायण चौधरी, किशोर सुब्बा, दिनेश राई, अध्यद राज राई, लोरेन्स बिष्ट, झलक चाम्लिङ राई, कुलबहादुर बिक, जतिका देवान, अशोक सिंह ठकुरी, प्लोकेन्द्र केसी, जनकलाल चौधरी, दिनेश न्यौपाने, श्री भवानी नेपाल, मोतिराज पुरी, समा राना मगर, नवीन आले मगर, संजिता रोका र तारा खड्का रहेका छन्।

कार्यक्रमको दोस्रो चरणमा संस्थाका आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
जसमा सरु कटुवाल, दुर्गा अधिकारी, देबेन्द्र कटुवाल, श्री भवानी नेपाल, शेरमान लिंखा, प्रविन बराइली, साजन परियार, पबु अधिकारी, रोहित बस्नेत, सुरेन्द्र लामा, निर्मला राई, जनकलाल चौधरी, बिन्दु भट्टराई, अनिश खड्का, मनु तामाङ, जेकी चौधरी, लक्ष्मी सुबेदी र लोकेन्द्र क्षेत्री लगायतका नाम समावेश रहेका छन्।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका प्रवक्ता लोकेन्द्र क्षेत्रीले राखेका थिए भने महासचिव शेरमान लिंखाले शुभकामना मन्तव्य दिएका थिए। संस्थाकी अध्यक्ष सरु कटुवालले संस्थाको वार्षिक गतिविधिबारे जानकारी गराएकी थिइन्।

प्रमुख अतिथि कमल गिरीले आफ्नो मन्तव्यमा खेलाडीहरूलाई आगामी दिनमा प्रथम स्थान हासिल गर्न शुभकामना दिँदै नेपाली समाज यूएई सधैं श्रमिकहरूको हितमा काम गरिरहेको उल्लेख गरे। साथै, मध्यपूर्वको वर्तमान परिस्थितिले श्रमिकहरूमा परेको असरप्रति ध्यानाकर्षण गराइएको जानकारी पनि दिए।

औपचारिक कार्यक्रम समापनपछि आयोजित सांस्कृतिक कार्यक्रममा नृत्य, गायन, गजल तथा कविता वाचन प्रस्तुत गरिएको थियो। कार्यक्रममा साहित्यकार भवानी नेपालले विशेष प्रस्तुति दिएका थिए। कार्यक्रम समग्रमा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी सचिव प्रविन बराइलीले दिएका छन्।























