सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १५ जना घाइते

नवलपुर टुडे


सल्यान । सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१२ पुथाला स्थित भित्री सडक खण्डमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । शनिबार साँझ थाराबाट कालिमाटी लक्ष्मीपुरतर्फ विवाहको जन्ती लिएर जाँदै गरेको लु.प्र.०१००१ ज ०२७१ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
जिप बनगाड कुपिण्डे नगरपालिका–८ बस्ने ३८ वर्षीय कुल बहादुर रानाले चलाएका थिए । दुर्घटनामा परेर बनगाड कुपिण्डे नगरपालिका–८ निवासी टोप बहादुर थापा, ठगे घर्ती र कर्ण बहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी हेमबहादुर केसीले जानकारी दिएका छन् ।
घटनामा चालकसहित अन्य १५ जना घाइते भएका छन् । घाइतेहरूको अवस्था मध्यमदेखि गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि स्थानीयवासी र प्रहरीले संयुक्त रूपमा उद्धार गरेका थिए । घटनास्थलमा अस्थायी प्रहरी पोष्ट बाबियाचौरबाट प्रहरी टोली तथा इलाका प्रहरी कार्यालय देवस्थलबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको थियो ।
साथै जिल्ला प्रहरी कार्यालय सल्यानबाट समेत थप सुरक्षाकर्मी परिचालन गरिएको थियो । घाइतेमध्ये केहीलाई उद्धार गरी मेहेलकुना अस्पताल, सुर्खेत पठाइएको छ भने अन्यको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















