कोशी प्रदेश, दुबई यूएई, प्रदेश, मुख्य समाचार, विश्व

दुई मितिमा सिरुवा शुभकामना: कोशी सरकारको सन्देशमा संशोधन किन? किन छुटे राजवंशी समुदायको नाम? पहिलाे शुभकामाना पत्रमा !

कबिराज राजबंशी
२०८३ बैशाख ५ | मध्यान्ह ०८:०१ बजे
 फोन दबाबपछि सिरुवा सन्देश संशोधन? कोशी सरकारमाथि प्रश्न

कोशी प्रदेश, मोरङ| कोशी प्रदेश सरकारद्वारा जारी सिरुवा (जुडशीतल) पर्वको शुभकामना सन्देश दुई फरक मितिमा सार्वजनिक भएपछि त्यसको पृष्ठभूमिबारे नयाँ तथ्य बाहिर आएको छ।

मुख्यमन्त्री हिक्मत कुमार कार्कीको नाममा पहिलो पटक बैशाख २ गते जारी सन्देशमा सीमित समुदाय—विशेषगरी थारु र मेचेली—मात्र उल्लेख गरिएको थियो। तर बैशाख ५ गते सार्वजनिक गरिएको संशोधित सन्देशमा राजवंशी, ताजपुरिया, गनगाई, धाँर, मेचे लगायत थप समुदायलाई समेटिएको देखिन्छ। यसबीच, राजवंशी समाजका अगुवाहरूले भने पहिलो सन्देशमा आफ्ना समुदायहरू छुटेकोप्रति असन्तुष्टि जनाउँदै मन्त्रीसँग प्रत्यक्ष फोन सम्पर्क गरेको दाबी गरेका छन्। उनीहरूका अनुसार त्यसपछि नै सन्देश परिमार्जन गरी पुनः सार्वजनिक गरिएको हो।

यद्यपि, प्रदेश सरकारको तर्फबाट यस विषयमा आधिकारिक प्रतिक्रिया भने आएको छैन। तर यो घटनाले सार्वजनिक सन्देश तयार गर्दा समावेशिता र संवेदनशीलता कति महत्वपूर्ण हुन्छ भन्ने विषय पुनः उजागर गरेको छ।विश्लेषकहरूका अनुसार कोशी प्रदेशजस्तो बहुजातीय र बहुसांस्कृतिक क्षेत्रमा कुनै पनि समुदाय छुट्नुले सामाजिक असन्तुलनको संकेत दिन सक्छ। त्यसैले पछिल्लो संशोधनलाई दबाबपछि गरिएको सुधार का रूपमा हेरिएको छ।

कमेन्टहरु