वीरगञ्जको मुख्य सडक विस्तार भोलीदेखि सुरु

नवलपुर टुडे


काठमाडौँ । वीरगञ्जमा लामो समयदेखि रोकिएको मुख्य सडक विस्तारको काम भोली बिहानदेखि सुरु हुने भएको छ। त्रिभुवन राजपथ अन्तर्गत गण्डक चोकदेखि मितेरी पुलसम्मको सडक दायाँ–बायाँ २५–२५ मिटर विस्तार गरिने सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ।
प्रशासनका अनुसार सडकको मध्य भागबाट २५ मिटरभित्र पर्ने घरटहरा र अन्य संरचना हटाउने कामका लागि डोजर, जेसीबी र एक्साभेटरसहित उपकरण वीरगञ्ज ल्याइएको छ। सडक विस्तारलाई प्रभावकारी बनाउन एकैसाथ पाँच स्थानबाट काम अघि बढाइनेछ।
यसअघि मुआब्जा र वैकल्पिक सडकको माग गर्दै करिब १,२०० घरधनीले दिएको रिटमा सर्वोच्च अदालतले सरकारको पक्षमा फैसला गरेपछि झन्डै १३ वर्षदेखि रोकिएको परियोजना अघि बढ्ने बाटो खुलेको हो। अब प्रशासनले चरणबद्ध रूपमा संरचना हटाउँदै सडक विस्तार कार्य अघि बढाउने तयारी गरेको छ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















