बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह हुने

रासस
२०८३ बैशाख ४ | मध्यान्ह १२:०१ बजे

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक बिदाका दिनसमेत अत्यावश्यक सेवा प्रवाह गर्ने जनाएको छ ।कार्यालयले नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सार्वजनिक बिदामा पनि उपलब्ध गराउने जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार सेवाग्राहीलाई सहजता प्रदान गर्न सार्वजनिक बिदामा पनि सेवा प्रवाह गरिनेछ ।
त्यसैगरी मुस्लिम धर्मावलम्बीहरूको ईद (ईद उल फित्र) र बकर ईद (ईद उल अजहा) का अवसरमा पनि सेवा प्रवाह गरिने बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी जोशीले तोकिएका सार्वजनिक बिदाका दिन सेवा लिन आउने सेवाग्राहीलाई आवश्यक कागजातसहित उपस्थित हुन सबैमा आग्रह गरे ।

















