कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग

रासस
२०८३ बैशाख ४ | मध्यान्ह १२:०१ बजे

काठमाडौँ । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले दक्षिण कोरियाबाट फर्किएका नेपाली आप्रवासी कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख अमेरिकी डलर बराबरको वित्तीय सहायता उपलब्ध गराउने भएको छ ।
कोइकाले आज जारी गरेको विज्ञप्तिअनुसार कोरियबाट स्वदेश फर्किएका आप्रवासीको पुनःएकीकरणका लागि चरणगत सहयोग प्रणाली सुदृढीकरण परियोजना कार्यान्वयन गर्न उक्त रकम प्रदान गरिएको हो ।

















