खेलकुद

स्व मन्जित गुरुङको स्मृतिमा ल्याड बेस्काम्प फुटसल कप प्रतियोगिता आजदेखि शुरु

नवलपुर टुडे
२०८३ बैशाख ४ | बिहान ०६:०१ बजे

मनु गुरुङ
बुटवल । स्व मन्जित गुरुङको स्मृतिमा आयोजित ल्याड बेस्काम्प फुटसल कप प्रतियोगिता हुने भएको छ । ‎आयोजक लेडी बेस्क्याम्पको आयोजनामा फुटसल प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता बैशाख ४ मा सुरु हुने र ५ मा सकिने युवा शक्ति जगेर्ना यो हाम्रो बचन आउनुहोस् हामी आफैबाट गरे नयाँ परिवर्तन भन्ने सोचका साथ राखिएको यो खेल आयोजक लेडी बेसक्याम्पका अध्यक्ष रोहन रानाले जानकारी दिए ।

‎प्रतियोगिताका खेल बुटवल सुख्खानगर ८  रुपन्देही एड्रिक फुटबलमामा हुनेछ । प्रतियोगितामा २४ टिमले सहभागिता जनाउने टुंगो लागेको अध्यक्ष रानाले बताए ।द फ्लाइ हाइ डान्स स्टुडियो मुख्य प्रायोजक स्वर्गीय मन्जित गुरुङको स्मृतिमा lad Basecamp futsal cup ‎H m batch 2075 (oxford secondary school) सह प्रायोजक रहेका छन ।

‎प्रतियोगिताको विजेताले ५०,००० ट्रफी मेडल र प्रमाणपत्र र उपविजेताले २५००० हजार रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।अन्य विधामा पनि पुरस्कार रहेको आयोजक संस्थाका अध्यक्ष थापाले बताए ।

कमेन्टहरु