अपराध

लागुऔषधसहित देशभरका विभिन्न स्थानबाट १३ जना पक्राउ

नवलपुर टुडे
२०८३ बैशाख ३ | मध्यान्ह ०१:०१ बजे

काठमाडौं । देशका विभिन्न भागबाट लागुऔषधसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू बुधबार पक्राउ परेका हुन् ।

काठमाडौं महानगरपालिका–१२ टेकु ब्रह्मटोलबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ५६० वटा ट्रामाडोल ट्याब्लेटसहित एक, ललितपुर महानगरपालिका–३ कृष्णगल्लीबाट २६७ वटा ट्रामाडोल ट्याब्लेटसहित दुईजना पक्राउ परेका छन् । 

यस्तै, सुनसरीको बराहक्षेत्र नगरपालिका–३ कालिन्द्र सामुदायिक वनबाट एक हजार ६१० वटा सोही ट्याब्लेटसहित दुई, हेटौँडा उपमहानगरपालिका–१० न्युरेनीबाट ट्रामाडोल ट्याब्लेटसहित एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

यसैगरी, बाँकेको खजुरा गाउँपालिका–२ बाट ब्राउनसुगरसहित दुई, कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँबाट खैरो हेरोइनसहित एक, तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक, विराटनगर महानगरपालिका–१५ दुई नम्बर ढाटबाट एक र कपिलवस्तुको शिवराज नगरपालिका–६ वीरपुरबाट दुईजनालाई नियन्त्रणमा लिइएको छ । 

कमेन्टहरु