धर्म–संस्कृति/रीतिथिति, समाज

उपत्यकाकै सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रथानको मन्दिरमा रङ लगाउने विषयमा विवाद

नवलपुर टुडे
२०८३ बैशाख ३ | बिहान ०८:०१ बजे

ललितपुर । उपत्यकाकै सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथयात्रा नजिकिँदै जाँदा बुंगमतीस्थित ऐतिहासिक मन्दिरको बाहिरी स्वरूपका बारेमा बहस चर्र्किएको छ ।

Rolling stone school 1200 100

२०७२ सालको भूकम्पले पूर्ण रूपमा ध्वस्त मन्दिर झन्डै एक दशकपछि पुनर्निर्माण गरिएको थियो । शिखरशैलीको यस मन्दिरको बाहिरी स्वरूप कस्तो हुने भन्ने प्रश्नले सरोकारवालामाझ बहस उत्पन्न भएको छ । परम्पराअनुसार मन्दिरमा सेतो चुना पोत्ने कि दाची अप्पा खुला राख्ने भन्ने बहसले सम्पदा संरक्षण र आधुनिक पुनर्निर्माणबीचको सन्तुलनबारे गम्भीर प्रश्न उठाएको छ ।

गुठी संस्थान ललितपुुरले दाची अप्पाबाट बनेको मन्दिरमा चुना लगाउने निर्णयसहितको पत्र पठाएपछि बहस सुरु भएको थियो । संस्थानको ललितपुर कार्यालयले २०८२ जेठ १३ गते ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहितको सरोकारवालाको बैठकमा भोटोजात्रापछि रथयात्राको क्रममा रातो मच्छेन्द्रनाथको उत्तरायन सवारी हँुदा चुना लगाउने निर्णय गरेको थियो ।

 
4c1210ed 6a43 41a2 b824 a5e0ae9fbfa1 1
f06ce221 7767 415c 8138 c36d7ec14db1
947cba6b 6532 4f24 8cf5 ad7268ccc7d8

गुठीको सोही निर्णयका कारण हाल विवाद भएको छ । गुठीले १३ बँुदे निर्णय गरी ह्यगुव भैरवनाथ तथा ३२ पानेजु संघलाई जानकारी दिएको थियो । तर, सो निर्णयको विरोधमा श्री मच्छिन्द्रनाथ पुनर्निर्माण उपभोक्ता समितिले चुना लगाउने काम रोक लगाउन माग गरेको थियो । संघ, प्रदेश र स्थानीय तहको प्रत्यक्ष र अप्रत्यक्ष सहयोगमा दाची अप्पाले निर्माण गरेको सो मन्दिरमा चुना नलगाउन आग्रह गरेको थियो । ललितपुर महानगरपालिकालाई पेस गरेको विज्ञप्तिमा तत्काल चुना लगाउने काम बन्द गर्न रोक लगाएको छ ।

2416ff40 7069 43b9 b05a 1e9ae81c1ed7
4965f9cc 4083 4a34 8817 f5d226fe9ecf

उपभोक्ता समितिले परम्परागत ढंगले कलात्मक सामग्री प्रयोग गरी दक्ष कालिगढको मिहिनेत र परिश्रमबाट निर्माण भएको सो मन्दिरको दाची अप्पा छोपिनेगरी रङ लगाउने निर्णय गरेकोमा विरोध जनाएको छ । रङ लगाउने र नलगाउनेबीच तीव्र विरोध भएपछि पुरातत्व विभागले हाल रङ लगाउन रोक लगाएको छ ।

1b4d518d c09b 4d6a 80d7 0011e6fac044
802096f9 d7dd 4008 9e05 ffe6aee5bb42
bcdff316 9794 48a0 aea8 f0b08acdd2fa 1

विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले वार्ताबाट समस्या समाधान गर्ने पहल भइरहेको अवस्थामा हाललाई रङ लगाउन रोक लगाएको बताउनुभयो । ज्यापु समाज यलले पनि चुना लगाउने कामको विरोध जनाएको छ । विभागले चैत २४ गते गुठी संस्थान प्रधान कार्यालयलाई पत्राचार गरी सरोकारवालासँग समन्वय गरेपछिमात्र निर्णय गर्न आग्रह गरेको छ ।

अध्यक्ष सन्तमान महर्जनद्वारा हस्ताक्षरित विज्ञप्तिमा आस्थाको केन्द्र आराध्यदेवको मन्दिरलाई पूर्ववत् अवस्थामा ल्याउन पुरातत्व विभाग स्थानीय तह, गुठी संस्थान र सरोकारवाला संस्था सम्पदा अभियन्तालगायतसँग भएको गहन छलफलपछि मौलिकता झल्किनेगरी परम्परागत र कलात्मक शैलीमा भर्खरै पुनर्निर्माण सम्पन्न भएका मन्दिरलाई स्वरूप परिवर्तन गर्न नहुने उल्लेख छ ।
बौद्ध विहार संघ यलले चुना लगाउने काम तत्काल रोक्न माग गरेको छ ।गुठी संस्थाका प्रमुख प्रशासक शैलेश कुँवरले गुठी संस्थानले जात्रा र पर्वमात्र चलाउने भएकाले रङरोगन लगाउने विषयमा तत्कालै निर्णय गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यस विषयमा छलफल गरेर थप निर्णय गर्नेछौं ।’ रङ लगाउने र नलगाउनेबीच विवाद चलिरहेको अवस्थामा गुठी संस्थानले लगातार छलफल चलाएको छ ।

ज्यायु समाजका पूर्वअध्यक्ष कुलाल डंगोलले दाची अप्पा लगाउने निर्णय भएर मन्दिर तयार भइसकेको अवस्थामा चुना लगाउने विषयमा बहस गर्न नसकिने बताउनुभयो । ‘लाखांै खर्चेर दाची अप्पा लगाइसकेको छ, त्यसमाथि चुना पोत्न सुहाउँदैन’ – उहाँले भन्नुभयो ।

ह्यगृव भैरवनाथ तथा ३२ पानेजु संघका अध्यक्ष विनोद वज्राचार्यले पूर्व निर्णयअनुसार चुना लगाउने निर्णय भइसकेको दाबी गर्नुभयो । पानेजु संघले गरेको निर्णय कुनै पनि फेरबदल नहुने अध्यक्ष वज्राचार्यको भनाइ थियो ।चुना लगाउनमात्र गुठी बनेको छ । गुठी संस्थानले गरेको निर्णयअनुसार चुना लगाउने विकल्पमा जान सकिँदैन । उहाँका अनुसार गुठीले चुना लगाउन खोज्दा पुरातत्व विभागले रोकिदिएको छ । यस विषयमा छलफल जारी छ ।

गुठी संस्थाका पूर्वप्रशासक किरण शाक्यले साविककै स्वरूपमा आउनुपर्ने हो । तर, सबै पक्ष राखेर छलफल गर्नुपर्छ भन्नुभयो । सम्पदा संरक्षण महाअभियानका अध्यक्ष रवि शाक्यले दाची अप्पा लगाएर परम्परागत शैलीमा आएको मन्दिरमा चुना पोत्न नहुने जिकिर गर्नुभयो । ललितपुर–३ का प्रदेश सांसद प्रेमभक्त महर्जनले दाची अप्पा लगाएर पुनर्निर्माण भइसकेको मन्दिरमा पुनः विवाद गर्न नहुने बताउनुभयो ।

मध्यमार्गी बाटो खोज्दै महानगर

ललितपुर महानगरपालिकाले दुई पक्षबीचको जारी विवादलाई मध्यमार्गी बाटो खोज्ने तयारी गरेको छ । मेयर चिरिबाबु महर्जनको अध्यक्षतामा हिजो बुधबार बसेको अनौपचारिक बैठकले मिलाएर लैजाने विषयमा छलफल भएको थियो ।

छलफलमा महानगरका मेयर चिरिबाबु महर्जन, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, विभागका प्रवक्ता एवं सम्पदा महाशाखा प्रमुख सन्दीप खनाल, महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ, सम्पदा शाखा प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

अनौपचारिक बैठक हो, एकदुई दिनभित्र सबै सरोकारवाला बसेर थप निर्णय गर्नेछौं’ – बैठकमा उपस्थित एक अधिकारीले नेपाल समाचारपत्रसँग भने । मेयर महर्जनले एक दुई दिनभित्र सबै सरोकारवालासँग बैठक बसेर निर्णय गर्ने बताउनुभएको थियो । मेयर महर्जनकै पहलमा बैठक बसेको थियो ।

 

 

कमेन्टहरु