शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेट

नवलपुर टुडे
२०८३ बैशाख २ | मध्यान्ह ०१:०१ बजे

काठमाडौँ, वैशाख २। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखलेलसँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।मन्त्री पोखरेलको कार्यकक्षमा आज भएको भेटमा उहाँहरूबीच नेपाल–बेलायत सम्बन्धका साथै आपसी सहयोग र सहकार्यका विविध विषयमा छलफल भएको थियो ।
मन्त्री पोखरेलको निजी सचिवालयका अनुसार उक्त विद्यालयलाई स्रोत र जनशक्ति विकासमा सहयोग गर्न उहाँले राजदूतसमक्ष अनुरोध गर्नुभएको थियो ।
















