Opens in a new tab

लागुऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १३ जनालाई पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका–१६, बालाजु चोकबाट ६४० मिलिग्राम खैरो हेरोइनसहित नुवाकोटका २२ वर्षीय सुदीप कालेकोटेलाई पक्राउ गरिएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट तीन किलो ३२० ग्राम गाँजासहित ३१ वर्षीय भारतीय नागरिक अजय सिंहलाई पक्राउ गरिएको छ । क्याथे प्यासेफिकको उडानद्वारा हङकङबाट आएका निजलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो ।  

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार, झापाको दमक नगरपालिका–४, चियादोकानबाट खैरो हेरोइन र नगद १३ हजारसहित सोही नगरपालिका–९ का मनीष श्रेष्ठ, सोही नगरपालिका–९, चियाबगान माछाखाँडीका ३० वर्षीय पपे भन्ने राजु सुनुवार, सुनसरीको धरान उपमहानगरपालिका–१५, बगरकोटबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने  १०८ थान ट्रामाडोल ट्याब्लेटसहित विधित विश्वकर्मालाई पक्राउ गरिएको हो । 

यसैगरी, धरान उपमहानगरपालिका–२, भानुचोकबाट दुई, सोही उपमहानगरपालिकाको वडा–७ बाट एक, इटहरी उपमहानगरपालिका–६ बाट एक, नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–८, कुनवार चोकबाट दुई, ललितपुर महानगरपालिका–५, थसीखेलबाट दुईजनालाई खैरो हेरोइन, डिजिटल तराजु, नगद आठ हजार तथा विदेशी मुद्रासहित दुईजनालाई पक्राउ गरिएको जनाइएको छ । उनीहरू सोमबार र मंगलबार पक्राउ परेका हुन् । 

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे