Opens in a new tab

कास्कीमा फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

नवलपुर टुडे

29Shares
dida bag ad

कास्की । जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न थालेको छ । विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका प्रतिवादीलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरीले सक्रियता बढाएको हो ।अभियानअन्तर्गत शुक्रबार मात्रै दश जना फरार प्रतिवादीलाई पक्राउ गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । यस्तै, गत बिहीबार चेक अनादर कसुरमा ९ जना र मङ्गलबार चेक अनादर र चोरी मुद्दामा गरी ६ जना फरार प्रतिवादी पक्राउ परेका थिए ।

शुक्रबार पक्राउ परेकामध्ये चेक अनादर कुसरमा ७, बैंकिङ कसुरमा १ जना र केही सार्वजनिक कसुरमा १ जना रहेको बस्नेतले बताए । पक्राउ परेकाबाट ७ दिन कैद सजाय र रु १४ लाख २९ हजार २०० जरिवाना असूल हुने गरी कास्की जिल्ला अदालतमा बुझाइएको उनले जानकारी दिए ।

गत मङ्लबार पक्राउ पर्नेमा चेक अनादर मुद्दाका पाँच र चोरी मुद्दाका एक फरार प्रतिवादीबाट एक वर्ष कैद र रु १६ हजार रुपैयाँ जरिवाना असुल उपर हुने जनाइएको छ । चेक अनादर कुसरमा गत बिहीबार पक्राउ परेका ९ जनाबाट सात दिन कैद सजाय र रु ६४ हजार ८०० जरिवाना असुल हुनेगरी जिल्ला अदालतमा बुझाइएको छ ।

 

अरुपनि पढ्नुहोस

सबै