फेवातालको जग्गामा आफू ठगिएको गृहमन्त्री गुरुङको दाबी

नवलपुर टुडे


काठमाडौँ । पोखराको फेवाताल किनारको जग्गा प्रकरणमा गृहमन्त्री सुधन गुरुङले आफू नै ठगिएको दाबी गरेका छन् । जग्गाधनीले मापदण्डभित्रको जग्गा भन्ने तथ्य लुकाएर आफूलाई लिजमा दिएको भन्दै मन्त्री गुरुङले कानुनी उपचारमा जाने बताएका हुन् । ‘एड्भेन्चर स्पोर्ट्स नेपाल’ को सोही योजनाका लागि लिजमा लिइएको जग्गा फेवातालको ६५ मिटरको मापदण्डभित्र परेको हो ।
जग्गा भाडामा लिने बेला जग्गाधनीहरूले उक्त जग्गा मापदण्डभित्र नपर्ने भनी विश्वास दिलाएको गुरुङको दाबी छ। ‘लालपूर्जामा समेत जग्गा सुरक्षित देखाइएको थियो, तर पछि नगरपालिकाबाट बुझ्दा त्यो त मापदण्डभित्र पर्दो रहेछ,’ मन्त्री गुरुङले भने, ‘हामीलाई झुक्याएर ठगिएको तथ्य थाहा पाउने बित्तिकै मैले नैतिकताका आधारमा तत्कालै सम्पूर्ण निर्माण कार्य र लगानी रोकिदिएको थिएँ ।’
उनले यो अन्याय विरुद्ध कानुनी प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















