Opens in a new tab

रास्वपाका डीपी अर्याल सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा आज

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौँ ।  प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद (डीपी) अर्याललाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गर्ने भएको छ ।

अर्याल शुक्रबार नै सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । सिंहदरबारस्थित नयाँ संसद् भवनमा बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभा बैठकमा ‘डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्तावलाई औपचारिक रूपमा निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ ।

अर्यालको उम्मेदवारीमा रास्वपाका सभापति रवि लामिछाने प्रस्तावक छन् भने सांसदहरू स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्साल समर्थक रहेका थिए ।

अरुपनि पढ्नुहोस

सबै

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

२०८३ कार्तिक १७ | मध्यान्ह ०१:०७ बजे

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक

२०८३ कार्तिक १७ | मध्यान्ह ०१:०७ बजे

सिन्कामारी रोटीको व्यवसायबाट राम्रो आम्दानी

२०८३ कार्तिक १७ | बिहान ११:०७ बजे