चितवनको पटिहानीमा फुड एण्ड म्युजिक फेस्टिवल, चर्चित कलाकारहरुले दर्शक झुमाउने

नवलपुर टुडे

सारांश
चितवन । पश्चिम चितवनको पटिहानीमा कसरा टुरिजम फुड एण्ड म्युजिक फेस्टिवल हुने भएको छ । पटिहानी ईभेन्ट्स र लुप ईभ्नेट्सको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।
कार्यक्रम चैत २९, ३० र बैशाख १ गते तीन दिन हुनेछ । कसरा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि कार्यक्रम आयोजना गरिएको आयोजक पटिहानी ईभेन्ट्सका सिईओ मिलन पौडेलले जानकारी दिए । भरतपुर २२ पटिहानी टाउनमा हुने कार्यक्रमको तिनै दिन नेपालका चर्चित कलाकारहरुको प्रस्तुति रहनेछ ।
पहिलो दिन चैत २९ गते चर्चित रक ब्याण्ड दि स्याडोज नेपालसँगै चितवनलाई नै प्रतिनिधित्व गर्ने कटाव द स्कार्पमेन्ट, अध्याय ब्याण्ड र डिजे घोस्टको बेजोड प्रस्तुति रहनेछ । लामो समयपछि म्युजिकल टुरमा निस्केको स्याडोज ब्याण्डले चितवनमा पनि लामो समयपछि सांगितिक प्रस्तुति दिन लागेको हो । यही कारण पनि दर्शकहरुको माया पाउने विश्वास रहेको पौडेलको भनाइ छ ।
कार्यक्रमको दोस्रो दिन अर्थात न्यु ईयर ईभमा युवा पुस्ता माझ लोकप्रिय लाउरे एण्ड दि ब्याड कम्पनी, केहर एण्ड दि लुङ्गासँगै आर्यन एण्ड दि क्लस्टर, दृश्य ब्याण्ड र डिजे निक्सले दर्शकहरुलाई भरपुर मनोरन्जन दिनेछन् । तेस्रो तथा अन्तिम दिन अर्थात नयाँ वर्षको दिन चर्चित गायिका एलिना चौहान, प्रकाश दुतराज, शब्द ब्याण्ड र डिजे फ्लाईको प्रस्तुति रहने लुप ईभेन्ट्सका सिईओ बिक्रम मोक्तानले बताए ।
पहिलो र तेस्रो दिनको टिकट शुल्क तीन सय तथा दोस्रो दिनका लागि पाँच सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । कार्यक्रमको अनलाइन टिकट खल्ती एपबाट लिन सकिनेछ । यस्तै फिजिकल टिकट पनि उपलब्ध रहेको मोक्तानले बताए ।
कार्यक्रमले पटिहानी तथा कसरा क्षेत्रको पहिचानलाई थप उचाई दिनका लागि ठूलो भूमिका खेल्ने विश्वास लिएको संयोजक सविन ढकालले बताए । कार्यक्रममा सांगितिक प्रस्तुतिसँगै रैथानेसँगै अन्य खानाका स्टलहरु पनि रहनेछन् । रैथाने खानासहितको २५ वटा स्टल रहने उनले बताए ।
यसैबीच सोही कार्यक्रमकै मार्फत कसरा टुरिजम डटकम वेवसाइट पनि सार्वजनिक गरिनेछ । कसरा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि वेवसाइट सार्वजनिक गर्न लागिएको उनले बताए । यस्तै कसरा क्षेत्रको पर्यटन प्रवर्द्धनकै लागि कार्यक्रमस्थलमा छुट्तै बुथ पनि राखिनेछ। जहाँ पर्यटकहरुले कसरा क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको बारेमा जानकारी लिन सक्नेछन् ।
कार्यक्रमको तयारी धमाधम भइरहेको संयोजक ढकालले बताए । कार्यक्रम सम्पन्न गर्न ३९ लाख ५० हजार खर्च हुने अनुमान रहेको ढकालले जानकारी दिए ।

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी शाहबीच भेटवार्ता

पाकिस्तानमा रेल दुर्घटना : ६ जनाको मृत्यु, ३० घाइते

युद्ध र खडेरीले सुडानमा भोकमरीको खतरा

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

नवलपुरमा कांग्रेस इतर समूहले तोक्यो क्षेत्र र नगरका संयोजक
अरुपनि पढ्नुहोस
सबै
बुल्गेरियाको तटनजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण, एउटा डुब्यो

अमेरिकामा डेटा सेन्टरको विरोध, चीनमा भने धमाधम निर्माण

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो

प्रहरीको ‘स्वीप अपरेसन’ : एकैदिन ९८ जना पक्राउ















