सरकारले प्रतिशोधपूर्ण गतिविधि नगरोस्ः पत्रकार महासंघ

नवलपुर टुडे


काठमाडौँ । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारलाई प्रतिशोधपूर्ण तरिकाले कुनैपनि गतिविधि नगर्न चेतावनी दिएकी छन् । पत्रकारहरू जहिले पनि ‘वाचडग’ को रूपमा रहने उल्लेख गर्दै उनले सरकारका क्रियाकलापहरूमाथि महासंघले निगरानी गरिरहेको बताएकी हुन् ।
सोमबार महासंघको स्थापना दिवसको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रमपछि बोल्दै शर्माले यस्तो बताएकी हुन् । अध्यक्ष शर्माले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने काम कतैबाट भएमा पत्रकार महासंघ नागरिक अगुवा संस्थाको हिसावले सशक्त रूपमा उभिने स्पष्ट पारिन् ।
शर्माले नागरिक अगुवा संस्थाहरूको एलायन्स ‘पाफर्ड’ र नेपाल बार एशोसिएशनसँगको सहकार्यमा महासंघ अगाडि बढ्ने पनि जानकारी दिइन् । कतिपय कानूनहरू बन्ने क्रममा रहेको र कतिपय अवस्थामा संविधानले दिएको अधिकार प्रयोग गर्न नपाउने गरी कानुनहरू आउन लागेकोमा उनले चिन्ता व्यक्त गरिन् । उनले सरकारलाई सरोकारवालासँग छलफल गरेर मात्र कानून ल्याउन आग्रह गरिन् ।
पत्रकारको श्रम अधिकारको विषयमा महासंघले कुनैपनि हालतमा ‘कम्प्रोमाइज’ नगर्ने उनले बताइन् । हाल धेरै मिडिया हाउसहरू आर्थिक रूपमा धराशायी भएको उल्लेख गर्दै उनले राज्यले मिडिया क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन्,‘अहिले निर्वाचित सरकारले संविधान र कानूनसम्मत भन्दा पनि प्रतिशोधपूर्ण तरिकाले कुनै नि गतिविधि नगरोस् भनेर हामी उहाँहरूलाई भन्न चाहन्छौँ । किनभन्दा पत्रकार भनेको जहिले पनि वाचडगको रूपमा रहेको हुन्छ । अहिले कतिपय कानूनहरू बन्ने क्रममा छन् ।
कानून बन्न नसकेका कारणले कतिपय अवस्थामा अभिव्यक्ति स्वतन्त्रता संविधानले दिएको अधिकार पनि कहिलेकाहीँ प्रयोग गर्न नपाउने अवस्था पनि केही कानूनहरूमा छ । अहिले सामाजिक सञ्जालको प्रयोगले गर्दा मिडिया माथिको विश्वसनीयता गुम्दैछ । जिम्मेवार पत्रकारिताका लागि हामीले लामो लडाई लड्नुपर्नेछ ।’
महासंघले देशभरका पत्रकारहरूलाई एकतावद्ध भएर अगाडि बढ्न आह्वान गर्दै श्रम अधिकारको संरक्षण र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि आफ्नो अभियान जारी राख्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

‘छठ पर्वले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ’

छठी गीतको गुञ्जनमा भक्तिमय मिथिला

तराईको आँगनबाट राजधानीका जलाशयसम्म छठको रौनक फैलिए

सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार

बाँदरको हैरानीले किसान अदुवा खेतीतर्फ आकर्षित
अरुपनि पढ्नुहोस
सबै

छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठान: उपराष्ट्रपति यादव

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

















